• काठमाडौं – हिन्दूराष्ट्र पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको कमल थापा नेतृत्वको राप्रपाले पार्टी महामन्त्री राजेन्द्र लिङ्देनमाथि अमुक व्यक्तिबाट आएको ज्यान मार्ने धम्कीको घटनाले अत्यन्तै गम्भीर बनाएको जनाएको छ ।

    पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दैै ज्यान मार्ने षड्यन्त्रको घटनालाई पार्टीले अत्यन्तै गम्भीरतापूर्वक लिएको जनाएका हुन् ।

    विज्ञप्तिमा आपराधिक कार्यमा संलग्नहरूले योजनाबद्ध ढंगबाट शृंखलागत रुपले सतर्कतापूर्वक धम्की दिइरहेको जनाउँदै घटनाको सन्दर्भ पैसासँग मात्रै सम्बन्धित नरहेर राजनीतिक वा अन्य कारण पनि हुन सक्ने दाबी गरिएको छ ।

    घटनाको मिहिन ढंगबाट छानबिन गरी दोषी व्यक्तिलाई कडाभन्दा कडा कार्वाही गर्न समेत सरकारसँग राप्रपाले माग गरेको छ ।

    राप्रपाका एक्ला सांसद समेत रहेका लिङ्देनलाई केही दिनअघि फोन गरेर एक अपरिचित व्यक्तिले ५० लाख पैसा माग्दै त्यति पैसा नदिए ज्यान मार्ने धम्की दिएका थिए । लिङ्देनलाई धम्की दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ समेत गरिसकेको छ ।

    सांसद लिङ्देनले नै आफूलाई धम्की आएको खुलासा गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…