• लम्जुङ : लम्जुङ जिल्ला नेपालको इतिहाँसमा सामाजिक जागरणको आन्दोलनमा अग्रणी जिल्ला हो ।

    लम्जुङले श्रमको सम्मान गर्ने काम गरेको छ । अब हामीले घात प्रतिघातको पिडा भुलेर हामीले नयाँ बाटो लिन जरुरी छ । हामीले आफ्नै समिक्षा गर्ने बेला आएको छ । अहिले सरकारको स्थिती राम्रो छैन् ।

    कम्युनिष्टको विचार नै स्थिर छैन् । उहाँहरुबाट राम्रो कुरा को अपेक्षा गर्नु नै गलत हो । लम्जुङको मुख्यमन्त्री हुँदा लम्जुङलाई केहि गर्न सक्नुभएको छैन् ।

    लम्जुङमा अनेकौ संभावना छन् । ती संभावनालाई उपयोग गर्न सकेका छैनौ । लम्जुङमा अपार संभावना छन् । यो जिल्लामा पर्यटन, कृषि र उर्जा शक्तिको संभावना धेरै छ । सरकार आम नागरिकलाई दिनुपर्ने तीनवटै कुरामा असफल भइसकेको छ । शान्ति सुरक्षा, सुशासन र विकास दिन सकेको छैन् ।

    गाँउ गाँउमा पीच बाटो पु¥याउनु पर्ने बेलामा केपी ओली पानी जहाजको कुरा गरेर बसेका छन् । गाँउमा खानेपानी छैन उहाँहरु कतारमा पानी बेच्ने कुरा गरेर जनता झुक्यादै हुनुहुन्छ । सरकारले राजधानीका जनताले पानी खान नपाएको बेलामा ठूला ठूला कुरा गरेर भ्रममा जनतालाई राखेको छ ।

    केपी ओलीको राष्ट्रवाद भनेको नेपालको जमिनलाई सुख्खा बनाएर पानी जहाजको बहानामा भारत तर्फ पानी पठाउने हो । अहिले नेपालमा पानी जहाज होइन, रेलमार्ग होइन सुरुङमार्गको आवश्यकता छ । तर केपी ओली नेतृत्वको सरकार कुहिराको काग जस्तै मुलुकको आवश्यकता पहिचान गर्न नसकेर हराईरहेको छ । सरकारको संरक्षणमा वेथिति, भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचारको जगमा समृद्धिको महल बनाउन सकिदैन ।

    केपी ओली भ्रष्टाचारको जगमा समृद्धिको महल बनाउने सपना देखिरहेका छन् । हिजोसम्म लोकतन्त्रलाई स्वीकार नगर्ने कम्युनिष्टहरु आज त्यसै हिडेका छन् ।

    हिजो पूँजीपति वर्गलाई श्रराप्ने केपी ओली आज तीनै वर्गलाई नेपालमा लगानी गर्न आउनु भनिरहेका छन् । त्यही भएर लगानी सम्मेलन सफल हुन नसकेको हो । यो सरकार हरेक क्षेत्रमा असफल भएको छ । कम्युनिष्टहरुले मुलुकका लागि केहि गर्न सक्दैनन भन्ने हामीलाई लागेकोछ ।

    गएको चुनावमा जनतालाई भ्रममा पार्न सफल भए । त्यही भ्रम छरेर दुईतिहाई मत ल्याए । हामीलाई चुनौती छ । कम्युनिष्ट भन्दा कांग्रेस राम्रो हो भन्ने सिद्ध गर्न जरुरी छ । कांग्रेसले कांग्रेसलाई हराउने काम बन्द गर्नुपर्छ । अब नेताले कार्यकर्ताको मुल्याङकन गरे जस्तै कार्यकर्ताहरुले पनि नेताको मुल्याङकन गर्न जरुरी छ ।

    पार्टी भित्र गुट होइन नेपाली कांग्रेस भनेर संगठनमा लाग्नुपर्छ । कार्यकर्ता भनेको पार्टीको जग हो । कार्यकर्ता बलिया भएमात्र कांग्रेस बलियो हुन्छ । प्रत्येक व्यक्तिको घर घरमा पुगेर जनताको भावना बुझ्न जरुरी छ । महासमितिका निर्णय इमान्दारीताका साथ पूरा गर्नुपर्छ । संवैधानिक परिषदको बैठकमा पटक पटक किन पार्टी सभापति तथा विपक्षी दलको नेता जानुभएन । यो विषयमा छलफल हुन जरुरी छ । संवैधानिक निकायमा एकलौटी हुनु सुखद होइन ।

    प्रधानमन्त्री अहिले एकाधिकार गर्दैछन् । एकाधिकार र अधिनायकवादलाई हामी रोकेर छोड्छौ । संवैधानिक निकाय भनेको सरकारलाई ब्यालेन्स गर्ने निकाय हो । यहाँ एकलौटी हुनु भनेको अधिनायकवाद हो । अहिले ओली सरकारले विकासमा धरि एकलौटी गरेको छ । कम्युनिष्टहरु नयाँ वर्ग जन्माइरहेका छन् । कांग्रेसले सडकदेखि सदनसम्मको भूमीमा ससक्त बनाउन जरुरी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…