• काठमाडौँ, २६ चैत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ढिलो चाँडो नेत्रविक्रम चन्द ‘ विप्लव’ पनि यही राजनीतिक मूलधारमा आउनै पर्ने बताउनुभएको छ ।

    अध्यक्ष दाहालले भन्नुभयो “ढिलो चाँडो विप्लव जी पनि यही प्रक्रियामा आउनै पर्छ । त्यसको कुनै विकल्प छैन ।” आफ्नै निवास खुमलटारमा चन्द समूहका नेता तथा कार्यकर्तालाई आज नेकपामा प्रवेश गराउँदै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रामा अगाडि जानुको कुनै विकल्प नभएको बताउनुभयो ।

    अध्यक्ष दाहालले भन्नुभयो, “कम्युनिस्ट आन्दोलनको हितमा, राष्ट्र र जनताको हितमा हामी आफैले लडेर जे उपलब्धि हासिल गरेका छौँ त्यसको रक्षा गर्ने, त्यसमा टेक्ने र समाजवादतिर जानुको विकल्प छैन ।

    अध्यक्ष दाहालले चन्द समूहबाट नेकपामा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई क्षमता, योग्यताअनुसारको जिम्मेवारी दिने प्रतिबद्धता जनाउनुभयो ।

    सो अवसरमा चन्द समूहका काठमाडौँमा क्रियाशील २० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए ।

    चन्द समूहका काठमाडौँका नेता साङ्गे लामा, आदर्श केसीलगायतले प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै नेकपामा आवद्ध भएर समाजवादको यात्रामा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…