• काठमाडौं। राष्ट्रिय जनता पार्टी राजपाले संघीय समाजवादी फोरमसँग एकता गर्न आफू तयार रहेको जनाएको छ। मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले दुई दलबीच एकता गर्न फोरमले सकारात्मक पहल दिएको भन्दै दुई दलबीचको एकतकालागि राजपा सधैं सकारात्मक रहेको निष्कर्ष निकालेको हो।

    संघीय समाजवादी फोरम नेपालले राजपलाई एकताको प्रस्ताव गर्दै चैत ६ गते पत्र पठाएको थियो। फोरमले पत्रमा सत्तापक्ष र प्रतिपक्षबीच एकीकरणका सन्र्दभमा आपसी सहमति र समझदारीका आधारमा त्यस्ता विषय हल गर्न सकिने उल्लेख थियो, जसलाई राजपाले सकारात्मक भनेको छ।

    साथै राजपाले यो विषयमा थप छलफल र संवाद गर्न अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकमा रहेको वार्ता टोलीलाई जिम्मेवारी दिएको छ। राजपाले वार्ता र संवादमार्फत जस्तो सुकै अवरोध हट्ने र एकीकरणको प्रयास चाँडै निश्कर्षमा पुग्ने विश्वसा लिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…