• दमक । हास्यकथानक फिल्म दाल भात तरकारी युनिटले मोफसल यात्रा सुरु गरेको छ । वैशाख २० मा प्रदर्शन हुने फिल्मबारे दर्शकलाई प्रत्यक्ष जानकारी दिन कलाकारको टोलीसहित मोफसलका विभिन्न स्थानमा पुगेको छ ।

    हास्यअभिनेता किरण केसीको प्रस्तुति रहेको फिल्मको युनिटले आइतबारदेखि यात्रा थालेको हो ।

    आज दमकमा चलचित्र दमकमा मोफसल यात्रा मार्फत पत्रकार सम्मेलन गर्दै फिल्म बारे जानकारी दिएको छ ।पत्रकार सम्मेलनमा बोल्दै मुख्य कलाकार हरिवंश आचार्यले योे चलचित्रले तीन पुस्ताको प्रतिनिधि गर्ने सुनाउँदै ‘दाल भात तरकारी’ आममानिसको कथा भएको बताए । ‘दाल भात तरकारीका लागि कस्तोकस्तो संघर्ष भइरहेको छ भन्ने विषय चलचित्रले देखाउने छ’, उनले भने ।

    दमकमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्काको साथमा गायिका जुनु रिजाल सहभागी छन् ।

    दर्शकसँग प्रत्यक्ष भलाकुसारी गरेर माहोल तताउनका लागि यात्रामा निस्किएको प्रस्तुतकर्ता किरण बताउँछन् । हरिवंश आचार्यले स्क्रिप्ट लेखेको फिल्ममा हरिवंश स्वयं, निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सनविक्रम राई, यमन श्रेष्ठलगायतले अभिनय गरेका छन् । दीर्घ गुरुङले खिचेको फिल्मको निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरि पौडेललगायत छन् ।

    https://www.youtube.com/watch?v=8lkFr2BdRvw

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…