• उर्लाबारी । मोरङको उर्लाबारीस्थित मावाखोलाको पुलमुनि सोमबार दिउँसो भेटिएको एउटा बेवारिसे शिशुलाई उर्लाबारीका मेयर खडग फागोले उद्धार गरी अस्पताल पठाएका छन ।

    बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसैले जन्माएर छोडेको अबस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेको थियो । शिशुलाई प्रहरीले गोदावरी हस्पिटल लगेपछि मेयर खड्ग फागोले थप उपचार र बच्चाको उद्दारको लागि नोबेल हस्पिटल विराटनगरलाई अनुरोध गरी निशुल्क उपचारको व्यवस्था मिलाईदिएका छन । फागोले नानीको उपचारमा खटिनुहुनेहरुलाई सहयोगको लागि नगद ५ हजार सहयोग गर्नुभएको छ । बच्चाको स्वास्थ्यमा सुधार होस भनेर नोबेलमा उपचारको लागि भनेको छु, उपचार निशुल्क हुन्छ, घटना जे जस्तो भएपनि बच्चा बाँच्नुपर्छ,फागोले भने । फागोले उद्धारमा खटिनुहुने प्रहरी स्थानीय,गोदावरी हस्पिटल एम्बुलेन्स संघ सबैलाई धन्यवाद दिएका छन् । फागोले गर्दा बच्चाको उपचारमा सहज भएको छ । नत्र कस्ले उपचार गर्ने कस्ले कस्लाई भन्ने कसरी ब्यवस्थापन गर्ने समस्या थियो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…