• बाहुनडाँगी । चारआली जेसीज वर्ष सन् २०१९ का कोषाध्यक्ष वीरु बेघाले आफ्नो जन्मदिनमा बालबालिकालाई फलफूल प्रदान गरेका छन् ।
    आफ्नो ३१ औं जन्मदिनको अवसरमा मंगलबार उनले स्वबोध साधना केन्द्रका बालबालिकालाई फलफूल प्रदान गरेका कार्यक्रम संयोजक सुस्मिता श्रेष्ठले बताइन् ।
    बेघाले केन्द्रको बाल आश्रममा आश्रित बालबालिकालाई करिब २५ सय रुपैयाँ मूल्य बराबरका फलफूलसहित केन्द्रलाई नगद हस्तान्तण गरेका थिए । चारआली जेसीज वर्ष सन् २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवालको अध्यक्षतामा मेचीनगर ९ स्थित केन्द्र परिसरमा आयोजित कार्यक्रमको औचित्य बारे बेघाले प्रष्ट्याएका थिए ।
    सो अवसरमा चारआली जेसीजजका पूर्व अध्यक्ष तीर्थ घिमिरे, धनबहादुर तामाङलगायतले जेसिज अभियानमा सक्रिय बेघाको जन्मदिन मनाउने शैली प्रेरणादायी रहेको प्रतिक्रिया दिए ।
    चारआलीमा सञ्चालित सनराइज अफसेट प्रेसका सञ्चालक रहेका बेघा सामाजिक कार्यमा समेत उत्तीकै सक्रिय युवा हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…