• देबु बानियाँ
    झापा । ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका वडा नम्बर ६ मेहेलमा बैशाख १ गते वरिष्ठ गायक कुवेर राई आउनु हुने भएको छ ।
    मेहेले खेलकुद युवा क्लब र सदिङवा समाज कल्याण युवा क्लबको सयुक्त आयोजनामा चैत २८ गतेबाट (भोलि) सुरु हुने गाउँपालिका वडा स्तरीय भलिबल प्रतियोगिता एवम् बृहत साँस्कृतिक कार्यक्रमको समापन समारोहमा सहभागि हुन गायक राई १ गते आउने हुनु भएको हो ।
    दोस्रो नारायण गोपालको उपाधी समेत पाउनु भएका राई यस क्षेत्रमा पहिलो पटक आउन लाग्नु भएको हो । आधुनिधक, लोक तथा अन्य विविध क्षेत्रका गीतहरुलाई कालझै आवाजमा गाउने राई यहाँ आउने भएपछि सिंगो गाउँपालिका बृहत साँस्कृतिक कार्यक्रमको तीब्र जुटेको छ ।
    राईले गाउनु भएका विजायो मायाले, टाढा भए के भो मायालु, विरानो यो आकाशमा, मायाले मुल बाटो भुलेरलगायतका दर्जनौ गीतहरु चर्चित छन् । गायक राई सँगसगैँ लोकगायक सन्तोष तोलाङ, कमल कडरियाको समेत विषेश प्रस्तुती रहनेछ । यसैगरी, डान्सर पव्लिक गुरुङ, सगुना देवान र स्थानीय कलाकारहरुको प्रस्तुती रहने मेहेले खेलकुद युवा क्लबका अध्यक्ष सुजन राईले बताउनु भयो ।
    निलगिरी माविको खेल मैदानमा हुने भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको आयोजक समितिले जनाएको छ । भलिबल प्रतियोगितामा यस गाउँपालिकका ७ वटा वार्ड तथा अन्य गाउँपालिकाको समेत सहभागिता रहने आयोजक समितिका दिपक कडरियाले बताउनु भयो । प्रतियोगिताका विजेता टिमले नगद ५५५५५, ट्रफी मेडल र प्रमाण पत्र तथा उपविजेता टिमले नगद ३३३३३ रुपैया ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजक समितिका अध्यक्ष कमल कडरियाले बताउनु भयो । प्रतियोगिताको फाइनल खेल १ गते हुनेछ ।
    साथै बैशाख १ गते सिदिङ्वा समाज कल्याण युवा क्लबले सम्बन्धित वडामा रहेका आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्यन्न सामाग्री वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…