काठमाडौं, २७ चैत । पछिल्लो समय शाखा बिस्तारमा निकै नै आक्रामक रुपमा अगाडि बढेको कामना सेवा बिकास बैंकलाई नेपाल स्टक एक्सचेन्ज लिमिटड (नेप्से) ले कारवाही गरेको छ । कारवाही स्वरुप साताको चौथो कारोवार दिन आज बुुधबार देखि नै सेयर कारोवार रोक्का भएको छ ।
नेप्सेले कारवाही स्वरुप कामना सेवालाई लेखेको पत्रमा भनिएको छ, उपरोक्त सम्वन्धमा त्यस कम्पनीबाट बिसं२०७४—१२—२४ गते बसेको सञ्चालक समितीको निर्णयबाट बोनस सेयर र नगद लाभांस सम्वन्धी सुचना मिती २०७५—१२—२६ गते बिद्युुतीय माध्यमबाट प्राप्त भई व्यहोरा अवगत भयो ।
धितोपत्रको बजार मुल्यलाई प्रभाव पार्ने सुचनाहरु तत्काल निर्णय हुुँदासाथ उपलब्ध गराउनुपर्ने धितोपत्र सुचीकरण बिनियमावली २०७५ को बिनियम २२ को उपबिनियम १ को खण्ड ङ त्यस संगठित संस्थाले उलंघन गरेको देखिएको हुुंदा सो कारण खुुलाई यस बिषयमा यस कम्पनीको भनाई के छ ?