• देबु बानियाँ
    बाहुनडाँगी । यहि शनिवार हुने नेपाल जेसीजको क्षेत्रगत अध्यक्षहरुको भेला अन्तरगत क्षेत्र ‘क’ को भेलामा नेपाल विद्युत प्राधिकरणका प्रवन्धक निर्देशक कुलमान घिसिङ आउने हुन भएको छ ।
    नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तरगत रहेको यो दोस्रो कार्यक्रम हो । जुन कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्राधिकरणका प्रबन्धक घिसिङ आउने कार्यक्रम तय भएको भेलाको आतिथ्यतता शाखा इन्द्रपुर जेसीज वर्ष २०१९ का अध्यक्ष भुवन ढकालले बताउनु भयो । अध्यक्ष ढकालले भेलाको सबै तयारी पुरा भएको बताउनु भयो ।
    यसैगरी, नेपाल जेसीजले निर्धारण गरेको देशका ४ वटै क्षेत्रमा शनिवारै एकै समयमा उद्घाटन हुँदैछ ।
    भेलाका लागि यो वर्ष क्षेत्र ‘क’ का लागि इन्द्रपुर जेसीज मोरङ, क्षेत्र ‘ख’ का लागि पोखरा लेडी कास्की, क्षेत्र ‘ग’ का लागि ठिमी जेसीज काठमाडौँ र क्षेत्र ‘घ’ का लागि सुनवल जेसीज नवलपरासीले आतिथ्यता गरेका छन् ।
    भेलामा नेपाल जेसीजले गरेका कार्यक्रम र आगामी योजनाका बारेमा निरुपित कार्यकारीणी उपाध्यक्ष र निरुपित उपाध्यक्षहरुले प्रस्तुत गर्नु हुनेछ । जसका लागि क्षेत्र ‘क’ मा निरुपित कार्यकारीणी उपाध्यक्ष रविन पोखरेल, निरुपित उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ, क्षेत्र ‘ख’ मा निरुपित कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भुषाल र निरुपित उपाध्यक्षमा गोकुल सापकोटा रहनु भएको छ । यसैगरी क्षेत्र ‘ग’ मा निरुपित कार्यकारीणी उपाध्यक्ष अमिश ढकाल र निरुपित उपाध्यक्ष हरि शर्मा, क्षेत्र ‘घ’ निरुपित कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल मिलन र निरुपित उपाध्यक्षमा अर्जुन अधिकारी रहनु भएको छ । साथै भेलामा नेपाल जेसीजका पदाधिकारीहरु आ आफ्नो क्षेत्रमा सहभागि हुनु हुनेछ ।
    यसैगरी, क्षेत्र ‘क’ मा अध्यक्षहरुको भेलाको पूर्व सन्ध्यामा अन्तर शाखा व्याट मिन्टन प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…