• २०७५ चैत्र २८ सोमवार

    लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’ आउँदो २१ बैशाखमा काठमाडौंमा विशेष च्यारिटी हुने भएको छ । शनिबार राजधानीमा एक समाहरोबीच फिल्मको एक गीत र ट्रेलर सार्वजनिक गर्दै सो जानकारी गराइएको हो ।

    यसअघि यो फिल्म हङकङमा च्यारिटी शो गरिसकिएको छ । कार्यक्रममा कमल पोखरीस्थित बिग मूमिजमा ‘केःसाङला’को विशेष च्यारिटी शो गरिने जनाउँदै उक्त शोबाट उठेको रकममध्ये केही प्रतिशत झापाको कमल गाउँपालिकाका मिगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको उपचारमा सहयोग गर्ने जनाइएको छ । फियाक केही समययता दुवै मृगौला रोगबाट पीडित रहेका छन् ।

    चोकफूङ इन्टरटेनमेन्ट प्रालि र केःसाङला प्रदर्शन समितिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य पासाङ शेर्पाले ‘केःसाङला’ निर्माण टिमको निर्णयलाई प्रशंसनीय भन्दै धन्यवाद दिए । उनले भने, ‘एउटा आदिवासी फिल्म बनाउन र प्रदर्शन गर्नु आफैमा गाह्रो काम हो । तैमाथि त्यस फिल्मबाट रकम उठाएर सामाजिक सेवा गर्नु सह्रानीय कार्य हो ।’

    त्यस्तै, कार्यक्रममा आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अहिले पनि आदिवासी फिल्म निर्माण गर्नु चुनौती रहेको बताए । उनले ‘केःसाङला’का निर्देशक लोकेन साँवा लिम्बू सुरुबाटै आफ्नो भाषा र कलाप्रति सजग रहँदै आएको भन्दै उनको कार्यको प्रशंसा गरे ।

    लोकेश साँवा लिम्बू निर्देशित फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । साथै फिल्ममा लिम्बू जातिको रहन–सहन तथा विवाह संस्कुतिलाई पनि उजागर गरिएको छ ।

    फिपरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाङ्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको यस फिल्ममा देबेन्द्र खापुङको कथा र पटकथा रहेको छ ।

    फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, बिशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ भने छायाँकन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…