• काठमाडौं : नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा बिहिबारदेखि पोखरामा सुरु हुँदैछ। शुक्रबारसम्म चल्लने सम्मेलनका लागि कांग्रेस जिल्ला कोषाध्यक्ष पोखरामा भेला भएको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए। सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले बिहान ११ बजे तय भएको छ।

    सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहने छ। सम्मेलनमा जिल्ला–जिल्लामा पार्टीको स्रोतलाई सुदृढ, पारदर्शी र जवाफदेही बनाउन सबै कोषाध्यक्षलाई प्रशिक्षण दिनु नै मुख्य उद्देश्य रहेको पुडासैनीले जानकारी दिए। दुई दिने सम्मेलनमा भातृ संस्थालगायत शुभेच्छुक संस्थाको समयमै महाधिवेशनमार्फत परिचालित गर्न र क्रियाशील सदस्यता वितरण कार्य विधान सम्मत हुनुपर्नेलगायतका विषयमा नेतृत्वलाई दबाब दिइने बताइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…