• दिनेश खड्का,विराटनगर

    चैत २८ । पूर्व राजा ज्ञानेन्द्र शाहको निजी काममा प्रयोग भएको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

    बिहीबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहको सामान विराटनगर विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकस्थित सडकमा ठक्कर दिएको थियो।

    गाडीको ठक्करबाट मोटरसाइकलमा सावार मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको मोरङका एसपी मजोज केसीले डिसी नेपाललाई जानकारी दिए।

    ‘उहाँ (पूर्व राजा) को समान पुर्याउन प्रयोग भएको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ,’ एसपी केसीले  भने, ‘अर्का एक जनाको उपचार भइरहेको छ।’ उनका अनुसार ठक्कर दिने गाडी कसका नाममा दर्ता छ भनेर अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…