• काठमाडौं। चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि वीर अस्पतालका विरामीहरुको नियमित चेकअफ गर्न पाउने अधिकारसमेत हनन् भएको छ।

    बिहीबार अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाले समेत आफ्नो रोगको नियमित चेकजाँच गराउन नपाएका हुन्। बुधबारबाट वीर अस्पताल परिसरमा पाल भित्र संचालन गरिएको अस्थायी प्रकृतिको चेकजाँच गर्न पनि नपाएपछि वृद्धवृद्धा मारमा परेका हुन्।

    बृद्धवृद्धाको समेत चेकजाँच गर्ने अवस्था नभएको भन्दै चिकित्सकप्रति आक्रोश व्यक्त गरेका छन्। त्यसैगरी थाईराईडको चेकजाँच गराउन आएकाहरुले पनि पालमा चेकजाँचका लागि घण्टौं कुर्नु परेको गुनासो गरेका छन्। भोलिभोलि भन्दाभन्दै अस्पतालका चिकित्सकहरुले चेकजाँच नै अवरुद्ध पारेपछि विरामीहरुको बिचल्ली भएको छ ।

    कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै ओपीडी सेवा बहिष्कार गरेका चिकित्सकहरुले भने अस्थायी पालको व्यवस्था गरेर भएपनि अत्यावश्यकीय सेवा विरामीहरुलाई दिने काम भईरहेको दावी गरेका थिए।

    अस्पतालकी आवासीय चिकित्सक सोनी श्रेष्ठले आफूहरुलाई कर्मचारी समायोजनको नाममा सरकारले पीडा दिएकाले त्यसको विरोधमा अस्पतालका ओपीडी सेवा अवरुद्ध पारेर आन्दोलन गर्नु परेको बताइन्।

    सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशका दुरदराजबाट उपचारका लागि वीर अस्पताल आएका विरामीहरुले एक साता यता झनै सास्ती व्यहोर्नु परिरहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…