• काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी)मा फेरी जनताको रगत र पसिनाको रकम घोटला खुलेको छ ।

    एनबी बैंकले कर्पोरेट भवन बनाउने नाममा जग्गा खरिद गरि रकम चलखेल गरेको स्रोतको दाबी छ ।

    अजय राज पराजुली ९सुमार्गी०ले २०७१ सालमा प्रतिआना २० लाख रुपैयामा किनेको जग्गा बैंकले २०७५ सालमा आएर सोही जग्गा ठूलो कमिशनको चलखेल गरी प्रति आना ७८ लाख तिरेर किनेको एनबी बैंकका एक संचालकले बताए । उनका अनुसार बैंकका केही उच्च तहका कर्मचारीहरुको मिलमोतोमा नै यस्ता कार्य सम्भव भएको दाबी गरे ।

    समाचार स्रोतका अनुसार सुमार्गीको मुक्तिश्री कम्पनीले नेपाल बंगलादेश बैंकलाई जग्गा बिक्री गरेको छ । राजधानीको विशालनगरमा रहेको सुमार्गीको करिब २० रोपनी जग्गामध्ये साढे ७ रोपनी जग्गा कम्पनीले केही दिनअघि मात्रै बैंकलाई बिक्री गरेको हो ।

     

    सुमार्गीले फ्रान्सेली राजदुतको नीजि निवास रहेको घरसहितको १९ रोपनी १२ आना जग्गा २०७१ सालमा ६३ करोड रुपैयाँमा किनेका थिए । त्यतीबेला सुमार्गीले प्रति आना २० लाख रुपैयाँमा किनेको जग्गा ४ वर्षपछि ४ गुणा बढी मूल्य लिएर प्रति आना ७८ लाख रुपैयाँका दरले बिक्री गरेको खुलेको छ ।

    सुमार्गीले १९ रोपनी १२ आनामध्ये करिव साढे ७ रोपनी जग्गा ९५ करोडमा बिक्री गरेका हुन् । बाँकी जग्गा सुमार्गीले आफूसँगै राखेका छन् । सुमार्गीसँग अझै विशालनगरमा करिब साढे १२ रोपनी जग्गा बाँकी छ ।

    कित्ता नम्बर १४१ को ३२२६।८२ वर्ग्मिटर र कित्ता नम्बर ३१७ को ६२०।५० वर्ग्मिटर गरि ३८४७।३२ वर्ग्मिटर ९७।५६ रोपनी० जग्गा बिक्री गरिएको हो ।

    बैंकले सुमार्गीबाट किनेर केही दिनअघि डिल्लीबजार मालपोत कार्यालयमा नामसारीसमेत गरेको भेटिएको छ । नेपाल बंगलादेश बैंकको कमलादीस्थित मुख्य कार्यालयलाई आगामी साढे दुई भित्र विशालनगरमा सार्ने भनी सुमार्गीबाट चर्को रकम तिरी उक्त जग्गा किनेको हो ।

    जनताको रगत पसिनाबाट जम्मा गरेको पैसामा बैंकको उच्च तहमा बसेका केही कर्मचारीहरुले कमिशन लिँदा पनि राष्ट्र बैंक चुप लागि बसेको देखिन्छ ।

    एनबी बैंकले सुमार्गीबाट किनेको उक्त जग्गामा ठुलो रकम चलखेल र हिनामिना भएको भन्दै केही संचालक तथा शेयरधनीहरुले अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएको एक संचालकले बताएको खबर राजतिलकमा उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…