• काठमाडौँ – विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन् । जहाँ झिलिमिली लाइट र मान्छेको चहलपहलले रात पनि दिनजस्तै झिलिमिली देखिन्छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

    तर, नेपालको राजधानी सहर काठमाडौँ भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टोजस्तै छ । नेपालको राजधानी सहर काठमाडौँ बेलुका ८ नबज्दै ठप्प अर्थात् सुनसानजस्तै हुन्छ ।

    बेलुकाको साढे ७ नबज्दै उपत्यकाका सार्वजनिक बस मात्रै होइनन्, अन्य व्यवसायिक केन्द्र पनि ठप्प जस्तै हुन्छन् । ठमेल र दरबारमार्गलाई अपबाद छाडेर अन्य ठाउँ ठप्पजस्तै हुन्छ । जसले गर्दा काठमाडौँ सहरमा बेलुकाको साढे ७ बजेपछि सार्वजनिक यातायात समेत गुड्दैनन् । जसको कारणले सर्वसाधारण सहज ढंगले यात्रा गर्न समेत पाउँदैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…