• पथरी । गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता पत्रकार हरि कोइराला सम्मानित भएका छन् । मोरङको लेटाङ नगरपालिकाले कोइरालालाई लेटाङ नगर विकास पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरेको हो ।

    छिमेकी गाउँपालिका कानेपोखरीका स्थाइ बासिन्दा कोइराला गोरखापत्रका संवादाता हुन् । लामो समय देखि पत्रकारिता पेशामा रहेका कोइरालाले लेटाङको विकासका लागि विभिन्न कोणबाट समाचार सम्प्रेषण गरिरहेका थिए । विहिबार आयोजित चौथो नगर सभामा नगर प्रमुख शंकर राई, उप–प्रमुख कृष्ण कुमारी निरौला लगाएतले कोइरालालई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरेका हुन् ।
    नगरले गरेको सम्मानले आफ्नो जिम्मेवारी अझ वढेको कोइरालाले बताए । नगरमा हुने हरेक विकासमा कामलाई संचार माध्यममा पु¥याउने दायित्व आफुले पुरा गर्ने पनि कोइरालले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…