• काठमाडौं – नेपाली कांग्रेस पार्टीमा अब एकैपटक २५ हजार बढी कार्यकर्ता थपिने भएका छन् ।

    पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिको बैठक पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।

    बिहीवारको बैठकमा पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको नामावली सहितको विवरण पार्टी निधिलाई हस्तान्तरण गरेका छन् ।

    सो विवरण अनुसार कांग्रेस पार्टीमा सदस्य थपिने भएका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २० गतेको बैठकको निर्णय अनुसार कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भातृ संगठन एवं शुभेच्छुक संस्थाको समायोजन गरी एकता गर्ने निर्णय भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…