बाहुनडाँगी । शनिवार हुने नेपाल जेसीजको क्षेत्रगत अध्यक्षहरुको भेला अन्तरगत क्षेत्र ‘घ’ को तयारी पुरा भएको छ ।
सुनवल जेसीजको आतिथ्यतामा हुने एक दिने अध्यक्षहरुको भेलालाई प्रदेश नंबर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री माननीय कुल प्रसाद केसीले उद्घाटन गर्नु हुने छ ।
भेलाका आतिथ्यताका लागि सुनवल जेसीजका संस्थापक अधयक्ष रेशम शर्माको संयोजकत्वमा विभिन्न उप समितिहरु गठन गरिएको छ । सोही समितिले भेलाको अन्तिम तयारी गरेको छ । भेलामा यस क्षेत्रमा वर्ष २०१९ को जनवरीदेखि अहिलेसम्म भएका विभिन्न शाखाका विभिन्न गतिविधि तथा आगामी योजनाका बारेमा बृहत छलफल तथा परामर्श हुनेछ ।
आतिथ्यता शाखा सुनवल जेसीजकी अध्यक्ष ममता पौडेलका अनुसार भेलामा सहभागि हुन क्षेत्र घ का ४८ वटा शाखाका अध्यक्ष तथा अन्य पदाधिकारीहरुसहित नेपाल जेसीजका निरुपित कार्यकारीणी उपाध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहनेछ ।
अध्यक्ष पौडेलले भेलालाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न आफुहरुले कुनै कसर बाकी नछाडेको पनि उहाले बताउनु भयो ।
यस क्षेत्रको निरुपित कार्यकारीणी उपाध्यक्षमा श्याम सुन्दर पौडेल मिलन, निरुपित उपाध्यक्षहरुमा अर्जुन अधिकारी, दिनेश बोहोरा र रुकमणि सिग्देल रहनु भएको शाखाका महासचिव बासुदेव पौडेलले बताउनु भयो ।
नेपाल जेसीजको दोस्रो कार्यक्रमका रुपमा रहेको प्रेसिडेन्ट मिट क्षेत्रीय सम्मेलनको पूर्व तयारी हो । शनिवार देशका चार वटै क्षेत्रमा एकै साथ सम्पन्न हुँदैछ ।