• बाहुनडाँगी । शनिवार हुने नेपाल जेसीजको क्षेत्रगत अध्यक्षहरुको भेला अन्तरगत क्षेत्र ‘ख’ को तयारी पुरा भएको छ ।
    पोखरा लेडी जेसीजको आतिथ्यतामा हुने एक दिने अध्यक्षहरुको भेलाको तयारी अन्तिम चरणमा पुर्याएको छ । भेलाको उद्घाटन नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका वर्तमान केन्द्रीय सदस्य प्रदीप पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आतिथ्यता शाखा पोखरा लेडी जेसीजकी अध्यक्ष सपना गिरीले बताउनु भयो ।
    पोखराको हलनचोकस्थित लेकसाइडमा हुने अध्यक्षहरुको भेलामा यस क्षेत्रका ३० वटा शाखाका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको सहभागिता रहनेछ । साथै यस क्षेत्रका निरुपित कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भूषाल, निरुपित उपाध्यक्ष गोकुल सापकोटा, सिनेटर कमल भण्डारी र केपी अर्याल पोखरा पुगिसक्नु भएको छ ।
    भेलामा यस क्षेत्रमा वर्ष २०१९ को जनवरीदेखि अहिलेसम्म भएका विभिन्न शाखाका विभिन्न गतिविधि तथा आगामी योजनाका बारेमा बृहत छलफल तथा परामर्श हुनेछ ।
    नेपाल जेसीजको दोस्रो कार्यक्रमका रुपमा रहेको प्रेसिडेन्ट मिट क्षेत्रीय सम्मेलनको पूर्व तयारी हो । शनिवार देशका चार वटै क्षेत्रमा एकै साथ सम्पन्न हुँदैछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…