• काठमाडौँ, २९ चैत – ११ वर्षकी भइन् ईक्सा देवान। झण्डै पाँच फिट तीन इञ्च उचाइकी ‘हाइटवाली’ ईक्सा कक्षा ६ मा पढ्छिन्। नयाँबानेश्वरमा घरछेउकै एक्मी एकेडेमीकी विद्यार्थी उनी अरु साथीभाईभन्दा फरक छिन्। भिडियो गेम र कार्टुन चलचित्रमा मात्र झुम्मिने केटाकेटीको तुलनामा ईक्साको पहिचान फरक छ। उनको ‘कलिलो मन’को रुचि, शौख र शैली नै भिन्न छ। इक्सालाई आफ्नो याक्खा समुदायको संस्कृति ढोल (केइलाक्) नाच्न मनपर्छ। आफूभन्दा ‘जेठोपाको’हरुसँग मिसिएर उनी धान नाच्छिन्। केही महिनाअघि आमबुवा भेट्न हङकङ पुगेकी इक्सा त्यहाँ पनि सांस्कृतिक कार्यक्रममा सामेल भइन्।



    हङकङको मङ्कीहीलमा आयोजित याक्खा जातिको एक कार्यक्रममा जातीय पहिरनमा सजिएर पुगेकी इक्साले सबैको ध्यान खिचिन्। मङ्कीहीलमा उनले धान नाचमा पालामको स्वर मिलाइन्, केइलाक् नाचिन्। हङकङमा रहेका याक्खाहरुका अगुवा टीबी याक्खाले सानै उमेरमा इक्साले आफ्नो वेषभूषा, संस्कृति र संस्कारप्रति देखाएको रुचि र चासोप्रति खुशी व्यक्त गरे। उनले भने, ‘सबै जात, जाति र समुदायका बालबालिकालाई आफ्नो समुदाय र देशको पहिचानका विषयमा जागरुक गराउनु आवश्यक छ। किनकी, जाति र समुदायको संस्कार, संस्कृति जीवित रहेमात्र नेपाली पहिचानको संरक्षण हुन्छ।’

    घरबाहिर निस्कँदा आफूलाई सँधै आफ्नो समुदायको पहिरन नै मन पर्ने इक्सा बताउँछिन्। हाल उनी एएनपी मिडियाद्वारा सञ्चालित ‘मिस लिटिल जुनयिर’मा समेत प्रतिस्पर्धा गरिरहेकी छन्। रातोकलम डटकमसँग उनले भनिन्, ‘पहिले त कान्छी फुपुले लगाइदिनु भएर लगाउन थालेको हो।

    अहिले त यस्तै लुगा सजिलो लाग्छ, मन पनि पर्छ।’ ‘मिस लिटिल जुनयिर’को अन्तिम चरणमा पुगेकी उनले आफूलाई भोट गर्न आग्रह गरिन्। इक्साका अनुसार, म्यासेज बक्समा LIJ 7 टाइप गरेर 33001 मा म्यासेज पठाएर उनलाई भोट गर्न सकिन्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…