• बाहुनडाँगी । शनिवार हुने नेपाल जेसीजको क्षेत्रगत अध्यक्षहरुको भेला अन्तरगत क्षेत्र ‘ग’ को तयारी पुरा भएको छ ।
    ठिमी जेसीजको आतिथ्यतामा हुने एक दिने अध्यक्षहरुको भेलाको सबै तयारी पुरा भएको छ । भेलाको उद्घाटन मध्यपुर ठिमी नगरपालिका मेयर मदनकुमार कुवँरले उद्घाटन गर्नु हुनेछ ।
    ठिमीमा हुन लागेको अध्यक्षहरुको भेलामा यस क्षेत्रका ३३ वटा शाखाका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको सहभागिता रहनेछ । साथै यस क्षेत्रका निरुपित कार्यकारीणी अमिश ढकाल निरुपित उपाध्यक्षहरु भोजराज चापागाई, हरि शर्मा र मोहन डाँगी भेलाको तयारीमा जुट्नु भएको छ ।
    भेलामा यस क्षेत्रमा वर्ष २०१९ को जनवरीदेखि अहिलेसम्म भएका विभिन्न शाखाका विभिन्न गतिविधि तथा आगामी योजनाका बारेमा बृहत छलफल तथा परामर्श हुनेछ ।
    नेपाल जेसीजको दोस्रो कार्यक्रमका रुपमा रहेको प्रेसिडेन्ट मिट क्षेत्रीय सम्मेलनको पूर्व तयारी हो । शनिवार देशका चार वटै क्षेत्रमा एकै साथ सम्पन्न हुँदैछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…