• उर्लाबारी । सञ्चार क्लब नेपाल उर्लाबारीका कार्यसमिति सदस्य तथा ब्लाष्ट टाइम्स दैनिकका मधुमल्ला समाचारदाता केशव खड्कालाई समाचारको विषयमा अश्लील गालिगलौज गर्नेलाई कार्वाहीको माग गरिएको छ ।
    सञ्चार क्लब नेपाल उर्लाबारीले आज विज्ञप्ति जारी गरी विगत केही समययता स्थानीय अराजक र उदण्ड समूहले सामाजिक सञ्जालमा समाचारको विषयलाई लिएर अश्लील गालिगलौज गर्ने र विभिन्न सुत्रमार्फत मानसिक तनाव दिने कार्यहरु भइरहेको हुँदा क्लबको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    क्लबका महासचिब किशोर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘पत्रकार खड्कालाई प्रत्यक्ष÷अप्रत्यक्ष धम्की र दबाब दिएको सन्दर्भ उल्लेख गर्दै जीवन रक्षाको माग गरी प्रहरी प्रशासनमा उजुरी गर्दा पनि कुनै सुनुवाई नभएको पाइएको छ ।’ दोषीको पहिचान गरी कार्वाहीको दायरामा ल्याउन र निज पत्रकारलाई भयमुक्त वातावरणमा समाचार संकलन गर्ने कार्य सहयोग पुर्याउन सम्बन्धित सबैमा सञ्चार क्लब नेपालले माग गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…