• बाहुनडाँगी । पोखरा जेसीजको ४५औं वार्षिकोत्सव शुक्रवार विविध कार्यक्रम गरी सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् यस क्षेत्रका निरुपित उपाध्यक्ष गोकुल सापकोटाले गर्नु भएको थियो ।
    पोखरा जेसीजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा
    विशेष अतिथिमा पोखरा जेसीजका संस्थापक निर्देशक, पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा जेसीजकै संस्थापक निर्देशक कृष्ण प्रशाद आचार्य, पोखरा जेसीजका विभिन्न वर्षमा नेतृत्व प्रदान गरेका पूर्व अध्यक्षज्यूहरु, पोखरा जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका क्षेत्र ख ट्रेनिङपुल कमिशनर शिव सुवेदी, नेपाल जेसीजका बोर्ड एड्भाइजर तथा पोखरा लेडि जेसीजका निवर्तमान अध्यक्ष सन्तु पौडेल, लेखनाथ जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका वोर्ड एड्भाइजर शालिकराम ओझा, पोखरा लेडि जेसीजका अध्यक्ष सपना गिरी, लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारी, आदर्श समाज सामाजिक संस्थाका अध्यक्ष भीम देव शर्मा, पोखरा जेसीज, पोखरा लेडि जेसीज, लेखनाथ जेसीजका बोर्ड सदस्यहरु, साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा पोखरा जेसीजको बन्दै गरेको भवन निर्माण सम्बन्धी जानकारी किरण के.सी.ले राखेका थिए । सोही अवसरमा नविन थापा मगर, तिलक प्रसाद लामिछाने, पवित्रा अधिकारी (सर्जि), ध्रुव पोखरेल, बलराम कुंइकेलले आर्थिक सहयोग गरेका छन् । पोखरा लेडी जेसीका अध्यक्ष सपना गिरी, लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारी र आदर्श समाज सामाजिक संस्थाका अध्यक्ष भीम देव शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    विशेष अतिथि आनन्दराज मुल्मीले संस्था ४५औं वर्ष पुरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै जेसीजले असल व्यक्ति बन्न सिकाउने, एउटा जिम्मेवार नागरिकले आफ्नो परिवार, समाज र राष्ट्रलाई बिर्सन नहुने कुरा व्यक्त गरे । प्रमुख अतिथि जेसीज गोकुल सापकोटाले शुभकामना व्यक्त गर्दै अग्रजहरुले देखाएको बाटोमा अगाडि बढ्दै, समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्छन् भन्ने कुरा राख्नु भएको थियो ।
    कार्यक्रममा स्वागत मन्तव्य पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष मोहन प्रसाद अधिकारीले धन्यवाद ज्ञापन कार्यक्रम संयोजक सन्देश पराजुली र कार्यक्रम सञ्चालन महासचिव शक्ति वरुवालले गर्नु भएको थियो ।
    सन १९७५ मा पोखराका स्थानीय युवाहरुलाई समेटी सिनेटर केशवलाल श्रेष्ठको अध्यक्षता तथा सिनेटर विकल श्रेष्ठको विशेष पहलमा स्थापना भएको यो शाखाले पूर्व राष्ट्रिय अध्यक्ष तथा नेपाल जेसीजमा विभिन्न समयमा विभिन्न पदाधिकारीहरु लैजान सफल भएको छ । यस क्षेत्रको पुरानो शाखा मध्येको एक यो शाखा अहिले पनि उत्तिकै क्रियाशील र यहाँका आम युवाहरुलाई अग्रसर बनाउँदै लगेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…