• काठमाडौ । प्रत्येक नेपालीको टाउकोमा करिब ३२ हजार सरकारी ऋण थपिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्रत्येक नेपालीको काँधमा ३१ हजार सात सय ५० रुपैयाँ सरकारी ऋण दायित्व देखिएको हो।

    शुक्रवार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा गएको आर्थिक वर्षमा नेपाल सरकारको ऋण दायित्व गत वर्षको तुलनामा एक तिहाइले बढेको देखिएको छ।

    नेपाल सरकारको कूल ऋण दायित्व नौ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।आन्तरिक ऋण तीन खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक ऋण पाँच खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको जनाइएको छ।

    उक्त ऋण दायित्वलाई दुई करोड ८८ लाख २९ हजार नेपालीलाई भाग लगाउँदा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७३/७४ को तुलनामा प्रतिव्यक्ति ऋण सात हजार ४३ रुपैयाँले बढेको हो।

    २०७३/७४ मा बाँकी रहेको बेरुजु दुई खर्ब ९० अर्ब ५२ करोड रुपैयाँमा समायोजन र फछ्‌र्योट गरिएको रकम घटाउदा पनि आर्थिक वर्ष २०७४/७५ मा थप एक खर्ब ४१ अर्ब पाँच करोड रुपैयाँ बेरुजु थपिएको छ।

    कूल बेरुजु तीन खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। लेखापरीक्षण तथा सम्परीक्षणबाट नौ अर्ब ७० करोड असुल भएको छ।

    अध्यावधिक कारबाही गरी टुङगो लगाउनु पर्ने रकम पनि आर्थिक वर्ष २०७४/७५ मा एक खर्ब ८३ अर्ब रुपैयाँले बढेर छ खर्ब ८३ अर्ब ६६ करोड पुगेको प्रतिवेदनले देखाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…