• बाहुनडाँगी । इन्द्रपुर जेसीजको आयोजनामा शुक्रवार सम्पन्न भएको एरिया ए अन्तर जेसीज डबल व्याटमिन्टन प्रतियोगितामा बेलबारी जेसीज विजयी भएको छ ।
    शनिवार हुने नेपाल जेसीजको अध्यक्षहरुको क्षेत्रगत भेलाको पूर्व सन्ध्याको अवसर पारेर आतिथ्यता शाखा इन्द्रपुर जेसीजले आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलमा जनकपुर जेसीजलाई हराउँदै बेलवारी जेसीज फाइनल विजेता बनेको हो ।
    बेलवारी तर्फबाट संस्थापक अध्यक्ष अध्यक्ष माधवराज थापा र जेसी विकास श्रेष्ठको टिमले जनकपुर शाखाका २०१२ का अध्यक्ष विजयकुमार शाह र २०१३ का अध्यक्ष जेसी अजयकुमार प्रसादको टिमलाई ९ ÷२१, २१÷१६ र १४÷२१ को सेटले हराउँदै विजेता बन्न सफल भएको हो । तरहरा जेसीजलाई सेमीफाइनलमा रोक्दै फाइनलको यात्रा तय गरेको बेलवारी र टङ्की सिनवारीलाई सेमीफाइनलमा पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको जनकपुरको फाइनल भिडन्त अत्यन्तै प्रतिस्पर्धा बनेको थियो । प्रतियोगिताको तेस्रो टिममा तरहरा र टङ्की सिनवारी जेसीज परेका छन् । प्रतियोगितामा एरिया ए का १४ वटा शाखाको सहभागिता रहेको थियो ।
    विजेता बनेको टिमले भोलि हुने अध्यक्षहरुको भेलाको समापन समारोहमा नगद १५ हजार, मेडल र ट्रफी प्राप्त गर्ने आतिथ्यता शाखा इन्द्रपुर जेसीजका अध्यक्ष भुवन ढकालले बताउनु भयो । अध्यक्ष ढकालका अनुसार प्रतियोगिताको दोस्रो टिमले नगद १० हजार र तेस्रो हुने दुई टिमले नगद ५ हजारका दरले प्राप्त गर्नेछन् ।
    प्रतियोगितामा इटहरी जेसीज, इन्द्रपुर जेसीज, दुवही जेसीज, कमलनगर, सताक्षीधाम, पथरी जेसीज, गौरादह जेसीज, बुधवारे जेसीजको सहभागिता रहेको थियो ।
    साथै नेपाल जेसीजका तर्फबाट जेसीआई सिनेटर भोलेश्वर दुलाल र नारायण कार्कीले प्रतियास्पर्धा गर्नु भएको थियो ।

    प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर भोलेश्वर दुलालले गर्नु भएको थियो ।
    शाखा अध्यक्ष भुवन ढकालको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल, निरुपित, उपाध्यक्ष सुमनकृष्णलगायत विभिन्न शाखाका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रको सञ्चालन इन्द्रपुर जेसीजका महासचिव विवेक न्यौपानेले गर्नु भएको थियो ।
    यसैगरी शनिवार उद्घाटन हुने क्षेत्र क को अध्यक्षहरुको क्षेत्रगत भेलाको सबै तयारी पुरा भएको छ । पानस पार्टी प्यालेसमा हुने कार्यक्रमको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रवन्धक निर्देशक कुलमान घिसिङले गर्नु हुनेछ । यस क्षेत्रको निरुपित कार्यकारुीणी उपाध्यक्षमा सिनेटर रविन पोखरेल र निरुपित उपाध्यक्षमा समुनकृष्ण श्रेष्ठ, लालमणी भण्डारी र इनु थापा रहनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…