•  

    काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले खरीद गरेको वाइड बडी जहाजको लक्ष्यअनुसार उडान भर्न नसक्दा रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सानी व्यहोरेको छ । महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदनअनुसार गन्तव्य टुङ्गो लगाएर प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा २०७५ साउनदेखि पुससम्म दुई वाइड बडी जहाजबाट रु एक अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी भएको छ ।

    जहाज खरीद प्रक्रिया शुरु गरेपछि निगमले २०७३ असोज ८ मा व्यावसायिक योजना तयार गरेको थियो । सन् २०१९ देखि दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान हुनुपर्ने थियो । अहिलेसम्म वाइड बडीले कुनै पनि ठाउँमा उडान भर्न सकेको छैन । जहाज खरीद गर्दा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

    जहाज खरीदका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट रु २३ करोड ६१ लाख ऋण लिएको छ । जहाज खरीद गर्दा रु २२ अर्ब ९० करोड १७ लाख १६ हजार खर्च भएको छ । व्यावसायिक योजनाअनुसार उडान गर्न नसक्दा निगम साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ । निगमले गत पुस ३० गतेभित्र तिर्नुपर्ने साँवा र ब्याजको किस्ता रु ८० करोड ४२ लाख तिर्न सकेको छैन । लामो दूरीमा विमान सञ्चालन गर्न नसकेमा नोक्सानी अझै बढ्ने स्थिति रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…