•  

    काठमाडौं । सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाइरहेका बेला प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा भने सरकारको नेतृत्व गरिरहेको अर्को नेपाल कम्युनिस्ट पार्टिलाइ नक्कली कम्युनिस्ट पार्टिको आरोप लगाउदै झापाबाट २२ जना नेता कार्यकर्ताले बिप्लवलाइ साथ दिएर अघि बढ्ने भन्दै पार्टी प्रबेश गरेका छन ।

    पुर्व माओबादी केन्द्र र पुर्व एमालेका नेता कार्यकर्ता हरु नेकपामा प्रबेश गर्दै क्रान्तिको अधुरो अबिभारा पूरा गर्ने प्रतिबद्धता समेत गरेका छन । प्रबेश गर्नेहरुमा पुर्व माकेका केन्द्रिय सदस्य टीका पोख्रेलले पार्टी आन्दोलनमा पुर्णकालिन भएरै लाग्ने भन्दै पार्टी प्रबेश गरेका छन ।

    साथै अन्य नेता कार्यकर्ताहरुले आ आफ्नो ठांउबाट विभिन्न मोर्चा, संगठनमा रहेर पार्टिको काम गर्ने योजना लिएको बताएका छन । पुर्व एमालेका युवा संघका केन्द्रिय सदस्य कुमार सर्माले केही समय पछि खुलेर पुर्णकालिन भएरै काम गर्ने बताए । टीका पोख्रेल २०५३ सालबाट जनयुद्धमा निरन्तर काम गर्ने इमान्दार र सकृय नेतामा पर्छन ।

    उनिले पटक पटक जेल जीवन बिताएका छन । जनतामा राम्रो आधार भएको मानिएका पोख्रेलको नेपाल कम्युनिस्ट पार्टिमा प्रबेशले धेरै क्रान्तिकारी जनतामा उत्साह पैदा भएको अन्य प्रबेशीहरुले बताए ।
    (पार्टी प्रबेश गर्नेहरुको नाम)

    १ टीका पोख्रेल ( पुर्व माके- के. आ. स.)
    २ कुमार सर्मा ( पुर्व एमाले युवा संग के.स.)
    ३.बिमल ( पुर्व माके जिल्ला सदस्य)
    ४. अग्नि ( पुर्व माके जि स)
    ५. सन्तोस
    ६. सरोज
    ७. सुधिर
    ८. मुना
    ९. समीर
    १०. श्याम
    ११. निर्मला
    १२. सरल
    १३. अभिषेक
    १४. जितेन्द्र
    १५. चेतन
    १६. भानुभक्त
    १७. अमर
    १८. राजु
    १९. सुजन
    २०. सुरज
    २१. सौगात
    २२. सर्गम श्रेष्ठ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…