• मोरङ÷बजारमा विभिन्न रोगको श्रोतको रुपमा रहेको पथरी पैनीमा शनिबार सुनाखरी युवा क्लवले सरसफाइ कार्यक्रमको आयोजना गरी सफा गर्ने प्रयास गरेको छ ।

    बजार पश्चिममा रहेको पथरी खोलाबाट दुक्षिणतिर खेतिको पैनी लगिएको छ । बजारहुदै गएको उक्त पुरानो पैनीको पूर्व र पश्चिम किनारमा आठ सयभन्दा बढी घरहरु रहेको छ । उक्त घरहरुमा निस्केको फोहर मैला पैनीमै फाल्ने चलनको अन्त्य भएको छैन । पथरीशनिश्चरको मुख्य सरह(सदरमुकाम)को रुपमा रहेको पथरी बजार नगरपालिकाको फोहोर फाल्ने ट्याक्टर व्यवस्था भएपनि फोहोर मैला पैनीमै फाल्ने संस्कारको नरोकिएपछि खुनाखरी युवा क्लवले शनिबार पैनी सफाइ कार्यक्रम राखेको हो ।



    क्लवको आव्हानमा ६० भन्दा बढी युवाहरुले करिव ३ घण्टा लगाएर पैनी सफाइ गरेका छन् । सरसफाइको क्रममा महिलाले महिनावारी हुँदा प्रयोग भएको प्याड, नानीहरुलाई लगाइदिने प्याम्पस, प्लाष्टिक, थोत्रो जुत्ता, बोराहरु, पुरानो कार्टन भेटिएको सुनाखरी युवा क्लवका अध्यक्ष मिलन राईले बताए । नगरपालिका भइसक्दा पनि बिभिन्न घरहरुले शौचालयको ढल सिधै पैनीमा जोडिएको, घना बस्तीमा बंगुर फाल्ने क्रम नरोकिएको क्लवका अध्यक्ष राईले बताए ।


    नगरपालिका भइसक्दा पनि बजारमा दुर्गन्ध रहनु दुःख लाग्दो बिषय भएको क्लवका सचिव मनि लिम्बूले बताए । पैनी लगायतको पथरी बजार सरसफाइमा नगरपालिका र जनप्रतिनिधिहरुले विशेष ध्यान दिनुपर्ने सचिव लिम्बूको भनाइ छ । नगरपालिकाकै मुख्य केन्द्रको रुपमा रहेको पथरी पैनी आसपासका मानिसहरुले अझै पनि दिसा सिधै पैनीमा लगाएर पथरीकै बेइजत भइरहेको क्लवका पूर्व अध्यक्ष उपेन्द्र लिम्बूले बताए । मानिस र बंगुरको दिशा पैनीमा लागउने, छोरीचेलीले प्रयोग गरेको प्याड र नानीहरुको प्याम्पस सिधैं पैनीमा फाल्ने कार्यले ‘दिसा गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने उखान चरितार्थ भएको स्थानीय युवा टेकिन लिम्बूले बताए ।



    सरसफाइ अभियानमा वडा नम्बर १ का अध्यक्ष बाबुराम लिम्बू, स्थानीय समाजसेवी धनकुमार तामाङ, बुद्धिजिवी प्रदिपकुमार राई, सञ्चारकर्मी अर्जुन जम्नेली राई लगायतको सहभागिता रहेको थियो ।

    यसैगरी किरात मार्ग उपभोक्ता समितिले पैनी सरसफाइको अभियान सञ्चालन गर्दै आएको छ । पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको उपस्थितिमा सफाइ अभियान थालेको उपभोक्ता समितिले पैनीमा फोहोर मैला फाल्नेलाई एक हजारसम्म जरिवाना गर्ने घोषणा गरेको छ । किरात मार्ग उपभोक्ता समितिले पैनी आसपासमा सरसफाइको लागि नगर कार्य पालिकालाई पटक पटक प्रभावकारी कदम चाल्न ज्ञापनपत्र बुझाएपनि ध्यान नदिइदा पैनीमा दुर्गन्धको अन्त्य नभएको स्थानीयबासीको गुनासो छ ।



    पथरी बजारको फोहोर मैला पथरी बजारदेखि करिव डेढ किलो मिटर उत्तर जंगलमा खोलाकै किनारमा राखिएको छ । बर्षा याममा उक्त फोहर मैलाको रस खोलाहुदै पैनीबाट दुर्गन्ध सहित बजार पस्ने गरेको छ । सरसफाइमा ध्यान नदिए गर्मी सिजनमा माहामारी फैलिने सम्भावना रहेको छ ।



    २०४५ सालमा खनिएको उक्त पैनीले दुई सय बिगाह खेतीमा सिंचाइ हुदै आएको छ ।२३० घरधुरी उपभोक्ता रहेको पथरी पैनीबाट आउने फोहोरले हात, खुट्टा र शरीरमा घाउ खटिराहुने गरेको पैनी उपभोक्ता समितिको अध्यक्ष प्रेमबहादुर कार्कीले बताउदै आएका छन् । पैनी अतिक्रमन गरी निर्माण भएको घर, टहरा हटाउन र किसानको स्वास्थ्यमा प्रतिकुल असर पर्ने फोहोर मैला नफाल्न पटक पटक पथरीशनिश्चरे नगरपालिका लगायतको निकायहरुमा उजुरी दिदा पनि सुनुवाइ नभएको अध्यक्ष कार्कीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…