उर्लाबारी । उर्लाबारी नगरपालिकका मेयर खड्ग फागोले नयाँ वर्ष २०७६ सालको सुखद उपलक्ष्यमा नगरवाशी तथा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । मेयर फागोले शुभकामना सन्देश जारी गरी “नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान, र थप जोश, जाँगर सिर्जना गरी नगरलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने कामना गर्नुभएको छ ।
नव वर्षले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गर्नुका साथै सबै समुदायका नेपालीबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मेयर फागोले उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।