•  बैशाख १, पथरी
    झापाको दमकमा रहेको पाथीभरा वेभरेज एण्ड फुड प्रोडक्सन प्रालि ले वजारमा अनाधिकृत रुपमा पानी वेच्ने गरेको भेटिएको छ ।
    ईष्ट स्प्रीङ नामको पानी उत्पादन तथा विक्रि गर्दै आएको सो कम्पनीले वजारमा उत्पादन मिति, उपभोग्य मिति र रजिष्टे«सन नम्वर समेत उल्लेख नगरीएको पानी वितरण गर्दै आएको भेटिएको छ ।


    गत चैत २७ बुधवार देखी पथरीमा शाखा खोली आफ्नो वितिय कारोवार थालेको कामना सेवा विकाश वैङकले उद्घाटनका दिन खरिद गरेको पानीको लेभलमा प्रिन्ट गतल भएपछि सस्थाले फर्काएको सो पानी फुड प्रोक्सनले वजारमा लगेर विक्रि गरेको छ ।
    प्रति कार्टटुन १ सय ३७ रुपैयाका दरले पथरीका होटलमा सो पानी विक्रि भएको शुक्रवार भेटिएको हो ।
    मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने पिउने पानीमा फुड प्रोडक्सनले यति सम्म हेलच्याक्राई र मनोमानी तरिकाले वजारमा आफ्नो उत्पादन विक्रि गरेको छ ।
    राज्यलाई कर तिर्न कम्पनीले आफ्नो पानीको लेभलमा रिजीष्टे«सन नम्वर उल्लेख गरेको पानी विक्रि गर्नु पर्ने भएपनि सो नगरेको देखीएको छ ।
    कामना सेवा विकाश वैङकको लोगो अंकित पानीको वोटलको तौल पनि उल्लेख गरिएको छैन ।
    आफ्नो सस्थाको टे«डमार्क कुनै पनि सस्थाले अनाधिकृत रुपमा प्रयोग गरि सस्थाको प्रतिष्ठामा आच आउने काम गरेको पाइए टे«डमार्क दुरुपयोग अन्र्तगको कानुनी कार्वाही गर्न वैङक तयार रहेको व्यावस्थापक विरेन्द्र भण्डारी वताउछन् ।


    यता फुड प्रोडक्सनका मालिक शशिराज विष्ट भने गत ४ दिन अगाडी देखी वजारमा रहेको पानी आज वाट स्टाप खटाएर उठाउदै ढाकछोप गर्न लागि परेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…