• काठमाडौं । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारीले प्रदेश नेतृत्व लिने क्रममा अबान्छित गतिबिधि गर्ने छुट कसैलाई नहुने बताए । स्थानिय खुशी भए ।

    त्यसो त उनले संगठित अपराध गर्नेहरु कानुनी कठघरामा ल्याएरै छाड्ने ठोकुवा समेत गरेका थिए । तर उनको काम गर्ने शैली र भाषणमा विल्कुल फरक देखियो ।

    उनले मातहतमा राखेकाहरुको नियत खराव देखिएपछि प्रदेश ५ देखि केन्द्र सम्म हल्लिखल्ली मच्चिएको हो ।

    डिआइजी पिताम्बर अधिकारीले निकट राखेर धन्दा चलाईरहेको भन्दै असई स्याम चौधरी र इनिस्पेक्टर बोधराज रेग्मीका बारेमा केहि प्रहरीहरुले खुलेरै बताउन थालेका छन् ।

    कुनै समय ललितपुर प्रहरी परिसरका प्रमुखका रुपमा रहँदा गाजा केसमा तानिएका तत्कालिन इनिस्पेक्टर बोधराज रेग्मीलाई हाल उनै डिआइजी अधिकारीले काखी च्यापेका छन् ।

    रेग्मीको दरबन्दी बुटवल तालिम केन्द्र भएपनि डीआइजी अधिकारीले आफ्नै वरिपरि नचाएका मात्र छैनन् चोरीको कारमा उठन्तीको जिम्मा दिएका छन् ।

    इनिस्पेक्टर रेग्मीलाई विभिन्न ब्यापारी तस्करहरुसँग रकम उठाउने जिम्मा छ प्रहरी स्रोतले जनाएको छ । रेग्मी अहिले चोरीको लु १ ज ५९०० अल्टो कार प्रयोग गरि उठन्तीमा खटिने गरेको जानकारी प्राप्त भएको छ ।

    रेग्मी ब्यक्तिगत रुपमा क्षमतावान प्रहरी अधिकारीका रुपमा चिनिएपनि उनको अनैतिक चरित्रले गर्दा विवादमा परिरहन्छन् स्रोत भन्छ ।

    त्यसैगरि सो क्षेत्रबाट हुने गोरु तस्करीको रकममा समेत मोलमोलाई हुने गरेको छ । समाचार स्रोतका अनुसार प्रहरीले आईएमई गरेर रु २ लाख चालिस हजार रकम खाएको प्रमाण सहित आइजीपी सर्वेन्द्र खनालको सचिवालयमा उजुरी समेत परेको छ । यो उजुरीसँगै डिआइजी अधिकारी तनावमा परेका छन् ।

    उक्त उजुरीमा प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी)पिताम्बर अधिकारीको नाम किटान गरिएको छ । सो उजुरीले प्रहरी हेडक्वाटरमा गरमागर्मी बढाएको छ ।

    आइजीपी सचिवालयले यो उजुरीलाई सुक्ष्मरुपले अध्यायन गरिरहेको बुझिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…