•  

    काठमाडौं । समयअनुसार कोष चल्न नसकेको कि कसैको इशारामा पशुपतिनाथको आस्थामाथि विस्तारै प्रहार गर्न खोजेको ?

    कुनै पनि देशको अस्तित्व मेटीदिनु पर्यो भने त्यहाँका नागरिकको धर्म, भाषा, संस्कृतिमाथि प्रहार गरिदिनु पर्छ अर्थात् धर्म, भाषा, संस्कृतिमाथिको प्रहार भनेकै ढिलोचाँडो त्यो राष्ट्रको अस्तित्व समाप्त हुनु हो ।

    पछिल्लो समय हाम्रो देशमाथि पूर्वीया र पश्चिमाहरुले त्यही बुरी नजर राखिराखेको अवस्थामा बुझेर, नबुझेर हाम्रा नेताहरु उनीहरुको इशारामा प्रयोग भइरहेको अवस्था छ । चाहे होली वाईन प्रकरण होस् वा २०७२ को संविधान जारी गर्ने सन्दर्भ नै किन नहोस् ? ८० प्रतिशत भन्दा बढी हिन्दु धर्मालम्बीको आस्थामाथि नै चोट लाग्ने गरी धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको छ । जवकि, २०६२–६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा हिन्दु धर्मको सन्दर्भ वा विकल्प उठान नै भएको थिएन ।

    सन्दर्भः पशुपतिनाथप्रति आस्था र विश्वासका साथ दर्शन गर्न आउने भक्तजनमाथिको फरक व्यवहार तथा गलत उर्दीको हो । हिन्दु धर्मले शिव भगवानलाई भगवानको पनि भगवान अर्थात् महादेवका रुपमा पुज्दै र मान्दै आएको अवस्था छ । यसैक्रममा देश विदेशका दुरदराजबाट अगाथ आस्थाका साथ दर्शनार्थ आउने भक्तजनलाई पशुपतिनाथमा गरिने व्यवहारबाट उनीहरुको आस्था र विश्वासमाथि प्रहार गर्ने कार्यकलाप भइरहेको देखिन्छ ।

    १, भक्तजनहरुका जुत्ता÷चप्पलको उचित व्यवस्थापन छैन । पशुपति क्षेत्र विकाश कोषले समयअनुसार आफूलाई चाल्न सक्नु पर्नेमा भक्तजनलाई दुःख÷कष्ट दिने कार्य भइरहेको देखिन्छ । भन्दा अति सामान्य लागेता पनि पशुपतिनाथमा जुत्ता÷चप्पल ठूलै समस्याका रुपमा खडा छ । पशुपतिनाथ परिसरमा भट्ट, बैक कर्मचारी, प्रहरी सुरक्षाकर्मी, पशुपतिनाथसँग जोडीएका अन्य विभिन्न निकायका कर्मचारीलाई जुत्ता निषेध छैन । पशुपतिनाथप्रति अगाध आस्थासहित टाढाटाढाबाट आएका भक्तजनले जुत्ता÷चप्पल १–२ किलोमिटर पर काढ्नु परे पनि कुनै गुन्जायस गर्दैनन्, तर जुत्ता÷चप्पल खोलीसकेपछि उक्त क्षेत्रमा उचित सरसफाईको पनि व्यवस्था हुनु जरुरी देखिन्छ ।

    २, समअनुकुल भक्तजनको संख्यामा वृद्धी हुँदै जाने अवस्थालाई कोषले ध्यान नदिएको देखिन्छ । हजारौं भक्तजन दर्शनार्थ आएको अवस्थामा पनि उनीहरुलाई सुविधाजनक दर्शनका लागि कोषले ध्यान दिएको पाइएन् । बरु, पशुपतिनाथका ढोका थुनेर भक्तजनलाई असुविधा हुने कार्य गरेको पाइन्छ । विगतमा चारै ढोका खुल्थे, अहिले बागमति स्नान गरेर आउने भक्तजन र उत्तरतर्फबाट छिर्ने भक्तजनका लागि ढोकाहरु बन्द गरिएको अवस्था छ ।

    ३, सबैभन्दा मन कुँडीने अर्काे कारण भक्तजनले ठूलो आस्थाका साथ ल्याएको अक्षेता, फूलप्रसाद पशुपतिनाथमा अर्पण गर्न समेत पाउँदैनन् । विगतमा पशुपतिनाथ मन्दिरमै गएर फुलप्रसाद चढाउने भक्तजनले अहिलेको अवस्था देख्दा खिन्न मान्छन् ।

    भारतका सबै ज्योर्तिलिंगमा फुलप्रसाद चढाउन पाइन्छ तर, कसको आदेश, कसको इशारामा पशुपतिनाथमा भक्तजनको अस्थामाथि प्रहार गर्ने काम भएको हो ? बुझ्न सकिएन ।

    विगत अढाई दशकदेखि नियमित पशुपतिनाथको दर्शनार्थ पुग्ने गर्नु भएका पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेललाई समेत त्यहाँ भक्तजनमाथि हुने गरेको फरक व्यवहार र अव्यवस्थित शैली मन परेको छैन । उहाँ भन्नुहुन्छ, ‘चाहे धनी होस् वा गरिव ! पशुपतिनाथको दर्शन गर्न आउने सबै भक्तजनको आस्था बराबर हुन्छ, उनीहरुमा उस्तै विश्वास रहन्छ । त्यसैले कसैमाथि पनि काखापाखाको व्यवहार हुनु हुन्न ।

    भक्तजनले सुविधाजनक रुपमा दर्शन गर्न पाउनु पर्छ, उनीहरु प्रफुल्लीत भएर जानु पर्छ । पशुपतिनाथमा आउने सबै भक्तजन यतैकतैबाट मात्र आएका हुँदैनन् । भारत, श्रीलंकाबाट समेत आएका भक्तजनले घन्टौं लाइनमा बसेर फुलप्रसाद सम्म चढाउन नपाउँदा कस्तो मन लिएर फर्केलान् ?’ खरेलको प्रश्न थियो । आफूलाई पूर्व आईजीका रुपमा आदर गर्ने गरिएको भएता पनि त्यहाँका सुरक्षाकर्मी तथा कोषका कर्मचारी, स्वयम् भट्टहरुकै व्यवहार मन नपरेको उहाँको गुनासो थियो ।

    समयअनुकुल धार्मीक पर्यटक बढाउनका लागि पशुपतिनाथको महिमा, पशुपतिक्षेत्रका बारेमा व्यापक प्रचारप्रसारको खाँचो रहेका बेला पशुपति क्षेत्र विकाश कोषले त्यतातर्फ रती ध्यान दिएको देखिन्न । गुहेश्वरी जसलाई सतीमाताको शक्तिशाली तिर्थाटनका रुपमा हेरिन्छ, पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनले गुहेश्वरीका बारेमा जानकारी सम्म पाएका हुँदैनन् ।

    गुहेश्वरीबाट छिरेर बागमतिमा स्नान गरी पशुपतिनाथको दर्शन गर्ने गुरुयोजना अहिलेको आवश्यकता हो । यस्ता गुरुयोजनाले देश विदेशमा व्यापक प्रचारप्रसार हुने र धार्मीक पर्यटकको आवागमनमा वृद्धी हुने देखिन्छ । तर, एकै शब्दमा भन्ने हो भने यतीबेला पशुपतिनाथमा भक्तजनमाथि भइरहेको फरक व्यवहार, अव्यवस्थित व्यवस्थापन, मनलागि नियमले भक्तजनमाथिको आस्थामा प्रहार भइरहेको देखिन्छ । कतै जानेर नजानेर वा कसैको इशारामा पशुपतिनाथ अर्थात् हिन्दु धर्ममाथिको प्रहारका लागि कोषकै कर्मचारीहरु त प्रयोगमा आइरहेका छैनन ? आशंका उब्जेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…