धनगढी । नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवाले पार्टीमा गलत काम गर्र्नेलाई अनुशासनको कार्बाही हुने बताएका छन्।
नेपाली काङ्गे्रस कैलालीले प्रकाशन गरेको वार्षिक भित्ते पात्रोको आज यहाँ विमोचन गर्दै पूर्वप्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।
वर्तमान सरकारले अनियमितता गरेको र जताततै कर वृद्धि गरेर जनतालाई दुःख दिने काम गरेको उनको आरोप थियो।
काङ्गे्रस केन्द्रीय सदस्य रमेश लेखकलगायतले पार्टीको सङ्गठन विस्तारमा जोड दिए। नेपाली काङ्गे्रस कैलालीले पार्टी र नेताको इतिहास समेटिएको वार्षिक भित्ते पात्रो प्रकाशन गरेको हो।