• काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपालमा अहिले पानीजहाज चलाउनुभन्दा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ । कांग्रेस बनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सरकार जनताका अत्यावश्यक काम गर्ने भन्दा ठूला–ठूला सपना बाँड्न लागेको बताउनुभयो ।

    महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली जनताका आवश्यकता पूरा गर्ने भन्दा आफू शक्तिशाली बन्ने बाटोको खोजीमा मात्र लागेको आरोप लगाउनुभयो ।
    महामन्त्री कोइरालाले सरकारका गतिविधी हेर्दा कांग्रेसले आफ्नो शक्ति आर्जनमा ढिलाइ गर्न लागेको आफूलाई आभाष भएको बताउनुभयो । उहाँले कांग्रेसले शक्ति आर्जनका लागि पहिले आफूबीचमा एकता गर्नुपर्नेमा जोड दिनुभयो ।

    कोइरालाले आफू कांग्रेसलाई भावनात्मक रुपमा एक बनाउने अभियानमा रहेको समेत स्पष्ट पार्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…