• काठमाडौं। गत जेठमा नेकपा माओवादी केन्द्रलाई नेकपा एमालेमा मिसाएका पूर्वप्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकिकृत पार्टीको अध्यक्ष बन्ने रणनीतिमा लागिरहेका छन् ।

    पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग विभिन्न तहको एकिकरणमा भागवण्डा खोज्दा प्रचण्ड बलियो स्थितिमा पुगेका हुन् । पार्टीको तल्लो तहसम्मको एकीकरण गर्ने क्रममा जिल्ला नेतृत्वको भागबन्डाको संख्या मिलेका नेताहरु बताइरहेका छन् ।

    ७७ जिल्लामा पूर्वएमाले र पूर्वमाओवादीबीच ४५ र ३२ जिल्लाको नेतृत्व गर्ने सहमति भएको दावी नेताहरुको छ । तथापी कुन जिल्लामा कसको नेतृत्व भन्ने बाहिर आएको छैन ।

    संख्यागत रुपमा हेर्दा पूर्वएमालेको हैसियत बलियो देखिए पनि त्यहाँभित्र हुनुपर्ने भागबन्डाको दाबीविरोधका कारण अब, ओली कमजोर बन्दै जान लागेको पूर्व एमालेका नेताहरु नै बताउँछन् । ओली कमजोर हुनु भनेकै प्रचण्ड एकल अध्यक्ष बन्ने अंकगणितिय बाटो बलियो बन्नु हो ।

    पछिल्लो समय जिल्ला समितिमा मात्रै होइन, पार्टीका त्यो भन्दा माथिल्ला निकायमा पनि ओली भन्दा प्रचण्ड बलियो देखिएका छन् । सचिवालय, स्थायी कमिटीमा समिकरण गर्दै प्रचण्डले बहुमत बनाइसकेका छन् ।

    सचिवालय बैठकमा पूर्व एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रचण्डलाई एकल अध्यक्ष बनाइनु पर्ने प्रस्ताव राखिसकेका छन् । ओलीलाई गलाउन प्रचण्डले जिल्ला नेतृत्वको विषयमा सिधै टाउकोमा प्रहार गर्ने नीति अख्तियार गरेका छन् ।

    जिल्लामा भागवण्डा मिलाउदा एमालेले ४५ जिल्लाको नेतृत्वको जिम्मा पाउँछ । तर, त्यसमा नेता पिच्छे भागवण्डा हुन्छ । तत्कालिन एमालेभित्र ओलीसँग माधव नेपाल, बामदेव गौतम, झलनाथ खनालले जिल्ला नेतृत्वमा आफ्ना मान्छे राख्नुपर्ने माग दाबी गरेका छन् ।

    भागवन्डा गर्दा ओलीले अधिकतम राख्दा पनि २० जिल्ला अध्यक्ष पाउनेछन् । जसले आगामी महाधिवेशनको समिकरणमा ओलीलाई पूरै अल्पमतमा पु¥याउने निश्चित जस्तै छ ।

    यता नेपाल पक्षले भागवन्डामा एमालेको भागमा परेका ४५ जिल्लाका अध्यक्षहरूलाई नै जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेको छ । यसो गर्दा पनि भागमा परेका जिल्लामा ओली पक्षको नेतृत्व अति नै न्यून छ । जसकारण सहमति भएको छैन ।

    ७७ जिल्लामा ३२ जिल्लाको आफ्नो भागमा पार्ने प्रचण्डले बाँकी ४५ जिल्लाका अध्यक्षमा आफूनिकट राखेका नेपाल, गौतम, खनाललगायत अन्य दोस्रो तहका नेतालाई पनि दाबी गर्न लगाएका छन् । यसले आफुलाई ओली कमजोर बनाएर नेतृत्व आफ्नो हातमा पार्न सजिलो हुने प्रचण्डको अनुमान छ ।

    २०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि २०७४ को स्थानीय तहसको निर्वाचनसम्म आइपुग्दा तत्कालिन नेकपा माओवादी केन्द्रको उपस्थिति घट्दो थियो । अर्थात पार्टी जनताबाट विलाउने क्रममा थियो ।

    राष्ट्रिय एजेन्डा र अन्य हिसाबले जनतामा बिलाइसकेको भन्दा फरक पर्ने अवस्था थिएन । २०७४ को संसदीय र प्रदेशसभा निर्वाचनमा एकाध ठाउँ बाहेकमा चुनावी अनुमोदन पाउने अवस्था नदेखेपछि प्रचण्डले विलाएको पार्टीलाई पुर्नजिवन दिन तत्कालिन एमालेसंग एकिकरण गरे ।

    कांग्रेससँगको गठजोड सरकारमा रहँदा गरेका निर्णयका कारण ‘क्लिन स्वीप’को अवस्थामा रहेको माओवादीको साख जोगाउन ओलीसँग चुनावी गठजोड गरे । गठजोडको मुख्य ध्यय बलियो संगठन र संरचना भएको एमालेको सुप्रिमो भएर उदाउने थियो ।

    अहिले जिल्ला नेतृत्वको भागवन्डामा पूर्वएमालेभित्र विभाजनको रेखा कोरेर आफु बलियो बन्ने क्षेप्यास्त्र प्रयोग गरिरहेका छन् ।

    आफ्नो पार्टीले पाएका जिल्ला नेतृत्वमा खल्तीमा आफ्ना मान्छेको नाम तयार पारेर हिडेका प्रचण्डले समस्याको जड पूर्वएमालेमा सिर्जना गरिदिएका छन् । यसले आफु बलियो बन्ने अवस्थामा प्रचण्ड पुग्ने पक्का पक्की छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…