• काठमाडौँ, ३ वैशाख । प्रमुख प्रतिपक्ष कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सकारको एक वर्षको कार्यकाललाई असफल वर्षको रुपमा चित्रण गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सरकारको ०७५ सालको कार्यकाल सुशासन, शान्तिसुरक्षा र विकासका दृष्टिले असफल वर्षको रुपमा रहेको जनाएको हो ।

    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकार असफल भएका सात वटा मुद्दा समेत प्रस्तुत गरिएका छन् । कांग्रेसले संघीयता कार्यान्वयन, संवैधानिक परिषद् र न्यायपालिका, भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा, शान्तिसुरक्षा, अन्तर्राष्ट्रिय छवि, समृद्धि र प्रधानमन्त्रीको अभिव्यक्तिमा शून्य प्रगति भएको कांग्रेसले ठहर गरेको छ ।

    ‘०७५ सालको प्रारम्भ सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभए झैं साच्चै केही नविन आशाका साथ भएको थियो,’ कांग्रेसले भनेको छ,‘तर विदाइ भने आशालाई विश्वासमा बदलेर हुन सकेन ।’

    गम्भीर राजनीतिक चुनौती नभएको, केन्द्र र प्रदेशमा आफ्नै पार्टीको बहुमत प्राप्त सरकार रहेको अवस्थामा ओली नेतृत्वको दुई तिहाईको सरकारले छोटो समयमै प्रशस्त कार्य गर्नेछ भन्ने आम विश्वास रहेको कांग्रेसले उल्लेख गरेको छ ।

    कांग्रेसले संघीयता कार्यान्वयनको सवालमा अधिकार बाँडफाँड, राज्यका तहगत संरचनाहरुको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित बजेट प्रबन्ध गर्न नसकेको बताएको छ ।

    ‘सबै प्रदेशहरुले नामकरण र राजधानीको टुंगो समेत लगाउन सकेका छैन,’ कांग्रेसले भनेको छ, ‘गएको वर्ष शक्तिको अधिकतम विन्यासको संघीयताको सिद्धान्त विपरित एकातर्फ प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अंगहरुलाई केन्द्रकृत गरियो भने संविधानले राष्ट्रिय सुरक्षा परिषदलाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन् गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुस्प्रयाससम्म भयो, यस दृष्टिले शक्ति विकेन्द्रकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा वर्ष ०७५ असफल हुन पुग्यो ।’

    कांग्रेसले संवैधानिक परिषद् र न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ बनाउने प्रत्यन गरेको, सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको, बालिका निर्मला पन्तलगायतका घटनाका दोषीलाई पक्राउ गर्न नसकेको जनाएको छ । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…