• काठमाडौं, ३ वैशाख । आज देशका धेरै जसो स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन तथा हुरीबताससहित असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । बिहिबार सम्म यो क्रम जारी रहने छ ।

    जारी मिति : बैशाख ०३ गते (मंगलबार) बिहान ६:०० बजे

    बैशाख ०३ गते (मंगलबार):
    दिउँसोः देशका पश्चिमि भू-भागमा सामान्य बदलि र पूर्वी तथा मध्य क्षेत्रका भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमि भू-भागका केहि स्थान र मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको छ | साथै उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

    राति: देशका पश्चिमि भू-भागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भू-भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षाको/असिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

    बैशाख ०४ गते (बुधबार):
    दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ | उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

    राति: देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

    बैशाख ०५ गते (बिहिबार):
    दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।
    राति: देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…