• विराटनगर–नोबेल शिक्षण अस्पतालका सञ्चालक एवम् समाजसेवी डा.सुनिल शर्माले क्यान्सरपीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् । मोरङको बेलबारी–१ की क्यान्सरपीडित बिष्णुमायाँ धिमालको उपचारका लागि डा.शर्माले ५० हजार रकम प्रदान गरेका हुन् ।

    सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा डा.शर्माले बिरामी धिमाललाई नगद प्रदान गरी स्वास्थ्य लाभको कामना गरे । आर्थिक अभावले उपचारमा समस्या झेल्दै आएकी बिरामी धिमाललाई सहयोग रकम हस्तान्तरण गर्न डा.शर्मा उनको घरैमा पुगेका थिए । यसअघि डा.शर्माले आगोले डढेकी बेलबारी–२ लालभित्तीकी कुमारी ऋषिदेब र मृगौलापीडित बेलबारी–४ की सरस्वती गुरुङको उपचारका लागि एक÷एक लाख रकम प्रदान गरेका थिए ।

    त्यस्तै सुन्दरहरैंचाकी क्यान्सरपीडित नन्दकुमारी मगर र तातोपानीले पोलेर घाइते भएकी बेलबारीकी सुकमायाँ राईको उपचारका लागि पनि डा.शर्माले जनही एक÷एक लाख सहयोग गरे । डा.शर्माले गरिब तथा असहाय बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै बिपन्न बिरामीलाई निःशुल्क उपचार गराउँदै आएका छन् ।

    हजारौं गरिब तथा बिपन्न बिरामीलाई निःशुल्क उपचार गराईसकेका डा.शर्माले यो क्रमलाई निरन्तरता दिइरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…