• बैशाख ३, काठमाडौं । मलेसियामा जारी यू–१९ विश्वकप छनोट अन्तर्गतको चौंथो खेलमा नेपालले फराकिलो जित हात पारेको छ ।

    टस जितेर पहिले फिल्डिङ रोजेको ओमानलाई नेपालले १५० रनले पराजित गर्दै फराकिलो जित हात पारेको हो ।

    क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा मंगलबार भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । २३० रनको लक्ष्य पाएको ओमानको यू–१९ टोली ४४.१ ओभरमा ७९ रन मात्रै बनाउन सक्यो ।

    ओमानका अमनप्रित सिराह र जिल टन्नाले समान १–१३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

    नेपालका पवन सर्राफले ३ तथा सुर्या तामाङ र प्रतिश जिसीले २–२ विकेट लिए। त्यसबाहेक नेपालका कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीले १–१ विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै प्रतिष जिसीले ४१ रन, भिम सार्कीले ३९ रन, अभिशेक बस्नेतले १५ जोडे भने रित गौतम १० रनमा आउट भए ।

    ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २–२ विकेट लिए ।

    पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको नेपाल युएईसँग १ रनले पराजित भएको थियो ।

    सन् २००७ को एसीसी एलाइट कप यू–१९ क्रिकेटमा नेपालले ओमानलाई ८ विकेटले हराएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनायो ।

    नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै प्रतिष जिसीले ४१ रन, भिम सार्कीले ३९ रन, अभिशेक बस्नेतले १५ जोडे भने रित गौतम १० रनमा आउट भए ।

    ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २–२ विकेट लिए ।

    जितसँगै नेपाल ४ खेल खेलिसक्दा ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ।

    पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको नेपाल युएईसँग १ रनले पराजित भएको थियो ।

    सन् २००७ को एसीसी एलाइट कप यू९१९ क्रिकेटमा नेपालले ओमानलाई ८ विकेटले हराएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…