• काठमाडौं । नेपाल विद्यार्थी संघ काभ्रेले नेकपाका महासचिव विष्णु पौडेललाई जग्गा किन्नको लागि रकम संकलन गरेको छ ।

    जिल्ला शाखा कार्यालयको अघुवाईमा आयोजना गरेको रकम संकलन गरेर नेकपाको कार्यालयमा पठाएको हो । हेलो नेकपा महासचिव पौडेल ज्यू ! 'जग्गा किन्नलाई नेविसंघ काभ्रेबाट पैसा पठाएको छ' भन्दै ब्यंग्य गरिएको छ ।

    सरकारको नाममा रहेको बालुवाटारको १४७ रोपनी जग्गाको विवादमा विष्णु पौडेलको नाम जोडिएपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पोडेल ठगिएको भन्ने अभिव्यक्ति दिएका थिए।

    पौडेल सरकारी जग्गा हिनामिना गर्ने प्रयासमा लाग्दा ठगिएकोले उनलाई सहानुभूति स्वरुप आर्थिक सहायता संकलनको अभियान नेविसंघले चलाएको थियो ।

    नेविसंघ काभ्रेले विभिन्न सर्वसाधारणहरुसँग पौडेलको जग्गा किन्नको लागि भने प्रति व्यक्ति १ रुपैयाँको दरमा सहायता संकलन गरेको थियो ।

    सो क्रममा ६ सय ७३ रुपैयाँ संकलन भएको हो । उनले त्यो पैसा खामबन्दी गरेर नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीको ठेगानामा हुलाक मार्फत् पठाईएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…