• काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले यही बैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ।

    नेपाली काँग्रेसले मंगलबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी बैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान संचालन गर्ने औंपचारिक जानकारी गराएको हो।

    सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको कुरा आम जनतालाई जानकारी दिन राष्ट्रिय जागरण अभियान संचालन गर्न लागिएको पार्टीका उपसभापति विमलेन्द्र निधिले बताए।

    तीन चरणमा संचालन हुने राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा हुनेछ। त्यसैगरी दोस्रो चरणको कार्यक्रम भदौं २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा संचालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि काँग्रेसले जनाएको छ।

    वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउन नसक्ने कुरा पनि आम पार्टी पंक्ति र जनतालाई सूसुचित गराउन सो राष्ट्रिय जागरण अभियान संचालन गर्नु परेको उपसभापति निधिले बताए।

    काँग्रेसले सो अभियानलाई प्रभावकारी बनाउन विघटित नेपाल विद्यार्थी संघलाई ब्यूताउने तथा तरण दलको तदर्थ समितिलाई पूर्णता दिने पनि स्पष्ट पारेको छ। उपसभापति निधिले सो राष्ट्रिय जागरण अभियानलाई सफल बनाउन नेविसंघ र तरुण दललाई पनि वैधानिकता दिएर अभियानमा सहभागी गराउने पनि स्पष्ट पारे।

    नेपाली काँग्रेसले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मुलुकलाई अघि बढाउन नसकेको निष्कर्ष निकाल्दै त्यसबारे जनतालाई सचेत गराउने भन्दै राष्ट्रिय जागरण अभियान संचालन गर्न लागेको हो।

    उपसभापति निधिले राष्ट्रिय जागरण अभियानको क्रममा पार्टीको नीति, कार्यक्रम र भावी योजनाबारे पार्टीका आम पंक्तिलाई जानकारी गराउने पनि बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…