• धरान / नेपाली काङ्ग्रेस धरान उपष्महानगर कमिटीले एक बर्षदेखि रिक्त रहेको धरान उपमहानगरपालिकाको मेयर पदको चुनाव चाडो गराउन ध्यानाकर्षण् गराएको छ । मेयरको पद रिक्त भए पछि उपमहानगरको काकारवाही अस्तव्यस्त भएको भन्दैं तत्काल निर्वाचन गराउने उनीहरुले ध्यानाकर्षण गराएका हुन ।

    केही दिन अघि भएको समितिको बैठकले उपमहानगरभित्रका हरेक गतिविधिमा काङ्ग्रेस खरो प्रतिपक्षको भुमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ । साविक नेकपा एमालेबाट निवार्चित जनप्रतिनिधिहरुले नगरको विकास र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउदै उनीहरुले जनताका ुसेवा गर्न छाँया सरकार बनाउने घोषणा पनि गरेको छ ।

    २०४८ सालयता एउटै पार्टीले निरन्तर चुनाव जिते पनि धरानको विकासमा ठोस उपलब्धी हासिल हुन नसकेको भन्दै छाँया( सरकार बनाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नगरका सचिव श्याम पोखरेलले जारी गरेको विज्ञप्तिमा केही दिन भित्रै सबै नेता एवं कार्यकर्ताहरुसँग परामर्श गरी छाया सरकार बनाउने बताइएको छ ।

    प्रजातन्त्र पुर्नस्थापना पछि धरानमा एमालेले बहुमतमा जित हासिल गदें आएको छ । ‘२०४८ सालदेखि नै पार्टीको घोषणा पत्रमा लेखिएका कुराहरु कार्यन्वयन नगरेको उनीहरुले आरोप लगाएका छन् । बसपार्क निर्माण, सुकुम्बासी समस्याको दीर्घकालिन समाधान, एयरपोर्ट निर्माण, बजार व्यवस्थापन, खानेपानी व्यवस्थापनलगायतका काम गर्न धरान उपमहानगरपालिका सक्षम नभएको नगरका सचिव तथा प्रचार विभाग प्रमुख श्याम पोख्रेलले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…