• दमक,३ बैशाख । आउदो जेठ २४ गते देखि ‘रेस’ फिल्म प्रर्दशनमा आउने भएको छ । लिवाङ फिल्मस प्रोडक्सन र माता पाथीभरा फिल्मस् प्रालिको संयुक्त व्यानारमा निर्माण भएको रेस आउदो जेठ २४ देखि एकैसाथ देशभरिका फिल्महरुमा प्रर्दशनमा आउने भएको हो ।

    फिल्म युनिटले मंगलवार दमकमा पत्रकार सम्मेलन गरि प्रर्दशनको तयारीका बारेमा जानकारी दिएको हो । फिल्मका निर्देशक किशोर सुब्बाले रेस नेपाली फिल्म वजारमा छुट्टै विषयवस्तु भएको भन्दै दर्शकको माया पाउने विश्वास गरे । मानिसको दैनिकी संघर्षको विषयवस्तुलाई फिल्मले सन्देस दिन खोजेको निर्देशक सुव्वाले वताए । फिल्ममा भरपूर मनोरञ्जन दिन खोजिएको उनको भनाई छ ।

    फिल्मका मुख्य निर्माता हस्त लिवाङ,निर्माता विशाल थेवे लगायतले रेस फिल्मले नेपाली फिल्मी वजारका लागि नयाँपन दिने खोजेको बताए । फिल्ममा जिन्दगीलाई रेससंग जोडिएकाले एकपटक सवैले हेर्ने पर्ने उनले जिकीर गरे ।
    करिव १ करोडको लागतमा निर्माण भएको रेसमा निता ढुंगाना, पुष्पा लिम्बु,जियान, इकु सुलेमान, रविन लिवाङ,हस्त लिवाङलगायतका कलाकारहरुको अभिनय छ ।

    कथा,निर्देशन किशोर सुब्बा,मुख्य सहायक निर्देशनमा राजु घिमीरे, पटकथा,संवाद मौनता श्रेष्ठ, छायाङकन कुमार बखती,द्धन्दमा शंकर मर्हजन, नृत्यमा गोविन्द राई र संगीतमा आनन्द राई रहेका छन् । त्यस्तै, गीतकारमा आनन्द अधिकारी,कृष्ण थापा, संञ्जित लामा,राजकुमार वगर तथा उदित नारायण झा,अन्जु पन्त लगायतको स्वर रहेको छ ।
    स्वेदशसहित दुवईका विभिन्न स्थानमा छायाङकन गरिएको सो फिल्मका कार्यकारी निर्माता किशोर पालुङवा,निर्माताहरुमा विशाल थेवे, हेमन्त गौतम, चन्द्र लिम्बु, राज सेम्बु, सञ्जिव लिङदेन छन् । त्यस्तै, सहनिर्माताहरुमा पासाङहयाल्मो,रविकुमार गुरुङ र पदम चोङवाङ छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…