चितवन, बैशाख ३ – चितवनमा भिषण हावाहुरी सहित बर्षा भएको छ । मंगलबार साँझ एक्कासी भिषण हावा हुरी सहित बर्षा भएको हो । बर्षा सामान्य भए पनि हावाहुरी भने भिषण भएको छ ।
हावाहुरीको कारण जनजीवन प्रभावित भएको छ । हावाहुरीका कारण सवारीसाधन राम्ररी चल्न सकेका छैनन् । चितवन सँगै आसपासका जिल्लाहरुमा पनि भिषण हावाहुरी चलेको छ ।