• काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकमहिने जिल्ला भ्रमणका कार्यक्रम तय गर्नुभएको छ ।

    नेपाली कांग्रेसका विभिन्न कार्यक्रममा सहभागि हुनका लागि पौडेलले सुदुरपश्चिम प्रदेश, पाँच नम्बर प्रदेश तथा दुई नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणका कार्यक्रम तय गर्नुभएको हो ।

    पौडेलका जिल्ला भ्रमणका कार्यक्रम बैशाख ५ गतेबाट सुरु भएर बैशाख २४ गते सकिने उहाँका निजि सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिनुभएको छ ।
    जिल्ला भ्रमण कार्यक्रम :
    बैशाख ५ गते :
    पोखरा प्रस्थान हिरामणी सुवेदीको चौरासी पूजामा सहभागि
    बैशाख ७ गते :
    भैरहवा प्रस्थान, रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन
    बैशाख ८ गते :
    रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन
    बैशाख ९ गते :
    रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गरि काठमाडौं फर्कने
    बैशाख १० गते :
    सडक मार्ग हुँदै सप्तरीका लागि प्रस्थान (रात्री मुकाम राजविराज)
    बैशाख ११ गते :
    नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमाननगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन (रात्री मुकाम राजविराज)
    बैशाख १२ गते :
    सिरहामा कार्यकर्ता भेटघाट
    बैशाख १३ गते :
    नेपाली कांग्रेस रामेछाप नगरसमितिले आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागि
    बैशाख १४ गते :
    रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन
    बैशाख १५ गते :
    काठमाडौं फिर्ता
    बैशाख १६ गते धनगढि हुँदै दार्चुला प्रस्थान (रात्री मुकाम दार्चुला)
    बैशाख १७ गते :
    नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनलाई सम्बोधन
    दार्चुलाबाट बैतडि प्रस्थान (रात्री मुकाम बैतडि)
    बैशाख १८ गते :
    बैतडिको मेलौलीमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन (रात्रीमुकाम खड्पे)
    बैशाख १९ गते :
    नेपाली कांग्रेस बझाङद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन (रात्री मुकाम बझाङ)
    बैशाख २० गते :
    नेपाली कांग्रेस डडेलधुराद्धारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन ( रात्री मुकाम डडेलधुरा)
    बैशाख २१ गते :
    नेपाली कांग्रेस कञ्चनपुरद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन ( रात्री मुकाम महेन्द्रनगर)
    बैशाख २२ गते :
    बिहान कैलालीको बेलौरीमा कार्यकर्ता भेटघाट, दिउसो धनगढिमा कार्यकर्ता भेटघाटलाई सम्बोधन (रात्री मुकाम धनगढी)
    बैशाख २३ गते :
    कैलालीको टिकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन (रात्री मुकाम टिकापुर)
    बैशाख २४ गते :
    कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन पछि काठमाडौं फर्कने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…