• काठमाडौं – पोखराको पाण्डबन्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई साइबर क्राइम मुद्दामा पक्राउ गरिएपछि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध देशभरका पत्रकार आन्दोलित भएका छन् ।

    नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकार आन्दोलित भएका छन् भने केन्द्रीय समितिले काठमाडौंको माइतीघर मण्डलामा कालो ब्यानरसहित सरकारको निरंकुश व्यवहारको विरोध गरेका छन् ।

    समाचार लेखेको विषय साइबर क्राइम नहुने भन्दै पत्रकारहरू आन्दोलित भएका छन् । सामाजिक सञ्जालमा पत्रकारहरूले प्रेस स्वतन्त्रता ग्यारेन्टी गर भन्ने मागलाई कालो रंगमा लेखेर पोस्ट गरिरहेका छन् ।

    यस्तै, नेपाल पत्रकार महासंघ तनहुँले ताण्डब न्यूजका सम्पादक अर्जुन गिरीलाई ठगीको समाचार लेखेकै कारण साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको घटनालाई लिएर विरोध जनाएको छ । महासंघ तनहुँले जिल्ला प्रशासनमा धर्ना दिएर पत्रकार गिरी पक्राउको विरोध गरेको हो ।

    नेपाल पत्रकार महासंघ गोरखा शाखाले पनि जिल्ला प्रशासनमा धर्ना दिएर पत्रकार गिरी पक्राउको विरोध जनाएको छ ।

    पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले विज्ञप्ति नै जारी गरी प्रदेशका हरेक जिल्ला प्रशासनमा धर्ना दिएर दबाब दिन आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…