• काठमाडौं । नेपाल समाचार पत्रका प्रधान सम्पादक पुस्करलाल श्रेष्ठको निधन भएको छ । पाँच महिनासम्म नाक र मृगौला रोगबाट पीडित भएका श्रेष्ठको उपचारको क्रममा बुधबार निधन भएको कामना प्रकाशन प्रालिले जनाएको छ । श्रेष्ठको विहान ११ बजेर ५९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई दिउँसो १ बजे काठमाडौंको भुगोल पार्कमा राखिएको छ ।

    सन् १९८४ मा कामना फिल्म म्यागाजिनबाट सम्पादकको क्षेत्रमा प्रवेश गरेका उनी सोही पत्रिकाको सम्पादक, राष्ट्रिय दैनिक नेपाल समाचारपत्रको सम्पादक, साधना स्वास्थ्य मासिकको प्रधानसम्पादक समेत भएर पत्रकारिता क्षेत्रमा सक्रिया थिए । उनी कामना प्रकाशन, नेपाल मिडिया सोसाईटी, अन्तराष्ट्रिय प्रेस इन्स्टिच्यूटको नेपाल च्याप्टर समिति लगायत संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । साथै, नेपाल सम्पादक समाज, नेपाल प्रेस इन्स्टिच्युट, नेपाल प्रेस क्लब, नेपाल सार्क पत्रकार फोरम जस्ता संस्थाहरुमा समेत श्रेष्ठ कार्यकारी सदस्यको रुपमा रहेका थिए ।

    श्रेष्ठलाई करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै उनमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको र काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…