• विराटनगर – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का झण्डै दुई सय नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

    मोरङ जिल्लाको सुन्दरहरैचा नगर समितिले सुन्दर हरैचा वडा नम्बर ६ मा आयोजना गरेको कार्यक्रममा नेकपाका दुई स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    प्रवेश गरेका उनीहरूलाई कांग्रेसका नेता डा.कोइरालाले पार्टीको चारतारे झण्डा, सदस्यता र टीका लगाएर कांग्रेसमा प्रवेश गराएका हुन् ।

    कांग्रेसमा प्रवेश गर्नेहरूले कांग्रेसको संरक्षणमा आफूहरू आएकाले जीवनस्तर उकास्न डा.कोइरालासँग आग्रह गरे । कम्युनिस्टहरूबाट धोका पाएको बताएका उनीहरूले निर्वाचनका बेला दिएको आश्वासनबाट जितेर गएका नेकपाका जनप्रतिनिधिहरूले भुलेको बताए । नेपाल दलित संघ सुन्दरहरैचा नगर समिति, मोरङले सुन्दरहरैचा ६ मा पार्टी प्रवेशको कार्यक्रम राखेको थियो ।

    कांग्रेसका नेता डा.कोइरालाले दलितहरूको उत्थान नेपाली कांग्रेसले मात्रै गर्ने बताए । कम्युनिस्टहरूले आश्वासन दिएर जनतालाई धाका दिने गरेको भन्दै डा.कोइरालाले भने, ‘समाजमा दलित समुदाय कथित उपल्लो जातका व्यक्तिहरूको थिचोमिचोमा छन् । यो सामाजिक कुरीतिलाई क्रमशः अन्त्य गर्दै लैजानुपर्छ ।’

    डा.कोइरालाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘कांग्रेसका हाम्रा साथीहरूले दलित समुदायमाथि कुनै पनि प्रकारको भेदभाव गर्नु हुँदैन । सामाजिक कुप्रथालाई हामीबाटै सुधार गरेर जानुपर्छ । छुवाछुतको अन्त्य गर्नुपर्छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…