• बाहुनडाँगी । त्रिभुवन नगर जेसीजले आयोजना गरेको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बुधवार मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ । आयोजक त्रिभूवन नगर जेसीज र बैंकर्सबीच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगीतामा जेसीज बिजयी भएको छ । खेल अवधीभर प्रतियोगितामा गोलको बर्षा भएको छ । प्रतियोगितामा जम्मा १२ गोल भएको छ । जसमा विजेता बनेका जेसीज सदस्यहरुले ८ गोल गरेका थिए भने उपविजेता बनेको बैंकर्सले ४ गोल गरेका थिए ।
    जेसीजका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा गणका गणपती सुमन थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । खेलको सुुरु प्रमुख अतिथि सुुमन थापा मगरले बल हानेर गर्नुुभएको थियो ।
    प्रतियोगीता संयोजक बाबुराम पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सप्ताह कार्यक्रम्रमको बारेमा कार्यकारी उपाध्यक्ष रविकिरण के सीले जानकारी गराउनुु भएको कार्यक्रमको सञ्चालन महासचिब रोशन दाहालले गर्नु भएको थियो । त्यस अबसरमा रिपु मर्दन गणलाई मायाको चिनो र कदर पत्र प्रदान गरिएको थियो । यस्तै बैंकर्स एशोसियसनलाई ट्रफि प्रदान गरिएको थियो । साथै त्रिभुबन नगर जेसीजका अध्यक्ष बसन्त अधिकारीले सबैलाइ धन्यबाद ग्यापन गर्नु ुभएको थियो । सप्ताह अन्तर्गत भोली पाचैदिन घोराहीको तुलसीपुर चोकमा लागु पदार्थ दुब्र्यसन बिरुद्ध सडक नाटक प्रदर्शन गर्ने जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…